Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

  • बिहिवार, भाद्र २६ २०८२

  • 609
    SHARES

  • त्रिभुवन विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ । विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

    असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पु¥याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो । ‘यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,’ स्रोतले भन्यो । आज विमानस्थलबाट नियमित उडान-अवतरण भइरहेका छन् ।


    बिहिवार, भाद्र २६ २०८२०३:२१:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij