Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ - गगन थापा

संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ - गगन थापा

  • बिहिवार, भाद्र २६ २०८२

  • 354
    SHARES

  • संविधानअनुसार जेन–जीको सरकार बनोस्, हामी पछाडि बस्न तयार छौँ - गगन थापा

    काठमाडौं । मुलुकमा विकसित पछिल्लो घटनाक्रमपछि नेपाली सेनाको सहजीकरणमा नयाँ सरकार गठनको पहल भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन–जी पुस्ताको भावनाअनुसार सरकार गठन गरिनुपर्ने बताउनु भएको छ ।

    सामाजिक सञ्जाल फेसबुकबाट बिहीबार १५ मिनेट लामो भिडियो सन्देश जारी गर्दै उनले पछिल्लो परिवर्तनको संवाहक जेन–जी पुस्ताको भावनाअनुसार सरकार बनाउनु पर्ने बताउनु भउको हो ।

    ‘अब कसरी अगाडि बढ्ने भन्ने कुरा तपाईंहरूको भावनाअनुसार सरकार बनाउने कुरा ठीक छ । त्यो सरकारले काम गरोस्, त्यही नै बाटोमा जाने हो,’ महामन्त्री थापाले जेन–जी पुस्तालाई सम्बोधन गर्दै उहाँले भन्नुभएको छ ।

    महामन्त्री थापाले जेन–जी पुस्तालाई नयाँ सरकार गठन भने संविधानमा टेकेर गर्नसमेत आग्रह गर्नुभएको छ। सन्तुलन मिलाएर बनाइएको संविधानले दिएका अधिकार कटौती गरेर अगाडि बढे भोलिका दिनमा सम्हाल्न नसक्ने अवस्था सिर्जना हुन सक्नेतर्फ उनले सचेत गराउनु भएको छ ।


    बिहिवार, भाद्र २६ २०८२०१:२२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij