काठमाडौं । आज दिनभर सिंगो देश नै दुखद र तनावग्रस्त तथा चिन्ताजनक अवस्थाको सृजना भयो । ‘जेन–जी मुभमेन्ट’ का नाममा आज भएको काठमाडौंसहित देशका विभिन्न सहरमा भएको प्रदर्शन एकाएक हिंसात्मक बन्न पुग्दा आज १९ जनाले ज्यान गुमाउन पुगेका छन् भने तीन जना पत्रकारसहित तीनसय जनाभन्दा बढी घाइते भएका छन् । भने ५ दर्जन बढी पक्राउ परेका छन्।
मुलुकमा कायम व्याप्त भ्रष्ट्राचारले आजित सर्वसाधरण यतिबेला सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछी थप असन्तुष्टि व्यापक विरोध सुरु भएको थियो । सोही अनुसार इन्टरनेटको विकाससँगै हुर्किएको यो जेन जी पुस्ता अर्थात् सन् १९९० को दशकको मध्यपछि जन्मिएको पुस्ता सरकारले सामाजिक सञ्जाल निष्क्रिय पारेपछि सडकमा उत्रिएको हो ।
खासगरी यो पुस्ताले केही वर्षदेखि भर्चुअल माध्यमबाट भ्रष्टाचार, कुशासन र विकासमा भएको अवरोधको विरोध गर्दै आएको थियो । विश्वव्यापी प्रभावलाई पछ्याइरहेको पुस्ता वाक स्वतन्त्रता, विकासमा आधुनिकता, भ्रष्टाचारविरुद्धको कारबाहीको पक्षमा सामाजिक सञ्जालमार्फत सशक्त प्रस्तुत भइरहँदा त्यसको असर राजनीतिमा पनि पर्न थालिसकेको थियो ।
सोहीअनुसार आफ्नो आलोचनाले सिमा नाघेपछी केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले यतिबेला दर्ता तथा सूचीकरणका लागी नआएको भन्दै फेसबुक, म्यासेन्जर, ट्वीटरलगाएत २६ वटा सामाजिक सञ्जाल बन्द गरेको थियो । त्यसकै विरोधस्वरुप आज विहान माइतिघर मण्डलाबाट सुरु भएको आन्दोलन नयाँ बानेश्वस्थीत संसद भवन कब्जा गर्ने गरी प्रवेश गरेपछी प्रहरी र प्रदर्शनकारीबिच तनाव उत्पन्न भएको थियो ।
सोही क्रममा प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा १९ जनाको मृत्यु भएको हो भने सयौं घाइतेमध्ये दर्जनौंको अवस्था गम्भिर छ । उनिहरुको अहिले काठमाडौंका विभिन्न अस्पतालमा उपचार जारी छ । भने बानेश्वर लगाएतका क्षेत्रमा कर्फुयु जारी रहेपनि प्रदर्शन अझै रोकिएको छैन । आज काठमाडौंसँगै पोखरा, इटहरी, भरतपुर,बुटवललगाएतका शहरमा जेनजीले प्रदर्शन गरेका छन्। उक्त प्रदर्शनमा पनि दर्जनौं घाइते भएका छन् भने सो क्षेत्रमा अहिले निषेधाज्ञा लगाइएको छ।
तर आजको प्रदर्शन एकाएक हिंसात्मक भएपछी प्रदर्शनकारी जेनजी समुहले भने प्रदर्शनमा घुसपैठ भएको र शान्तीपूर्ण आन्दोलन हिंसात्मक बनेको दाबी गरेको छ । साँझ जारी गरेको विज्ञप्तिमा आँफुहरुले गरिरहेको शान्तिपूर्ण आन्दोलनमा राजनीतिक स्वार्थ बोकेका व्यक्तिहरू प्रवेश गरी घुसपैठ भएको दाबी गरेको छ । माओवादी, राजावादी र रास्वपाले घुसपैठ गरेर जेन–जी अभियन्ता आजका लागि सडकबाट फर्किसक्दा पनि हिंसा जारी नै राखेको दाबी गरेको छ ।
यद्यपी विपक्षी दलहरुले भने सरकारले नै सम्यमता नपनाउँदा हिंसा भड्कीएको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीको राजिनामा मागेका छन्। यसमा सुरक्षा निकाय पनि चुकेको टिप्पणी भैरहेको छ। तर सुरक्षा निकायले भने जेनजी आन्दोलनमा आपराधिक जत्थाको घूसपैठ भएको र तिनैले ताण्डव मच्चाउँदा हिंसात्मक रुप लिएको दाबी गरेका छन् ।
गृहमन्त्री रमेश लेखकसमक्ष नेपाल प्रहरीका आईजी चन्द्रकुवेर खापुङ, सशस्त्र आईजी राजु अर्याल र राष्ट्रीय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा आज बानेश्वर क्षेत्र हिंसात्मक भएको ब्रिफिङ गरेका छन् ।
जेन जी प्रदर्शनका आयोजकले व्यक्त गरेको प्रतिवद्धताप्रति ढुक्क हुँदा र उनीहरुको नाममा अन्य समूहको घूसपैठ भएको कुराको पूर्वअनुमान गर्न नसक्दा आज बानेश्वर क्षेत्र हिंसात्मक भएको उनीहरुले गृहमन्त्री लेखकलाई बताएका छन् ।
स्थिति नियन्त्रणबाहिर जान थालेपछि जेन जी प्रदर्शनका आयोजकले एक सूचना जारी गरेर आफूहरु उक्त प्रदर्शनबाट पछाडि हटेको घोषणा गरेपछि अन्य प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोडेको र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित संसद भवनमा छिरेको उनीहरूको दाबी छ।
त्यसपछी स्थीति तनाबग्रस्त भएपछी नियन्त्रणमा लिन गोली चलाएको उनिहरुले ब्रिफिङ गरेका थिए । आजको अवस्था हेर्दा प्रहरीले सम्यमता नअपनाएकै कारण धेरैले ज्यान गुमाउनु परेको र ठुलो क्षति भएको पूर्व डिआइजी हेमन्त मल्ल बताउनुहुन्छ । आज प्रहरीले गोली हान्नै नपर्ने अवस्थामा पनि गोली चलाएकोले दर्जनौंको ज्यान गएको र सयौं घाइते भएको उहाँको दाबी छ।
उता सरकारले पनि घटनापछी आकस्मिक मन्त्रीपरिषदको बैठक आह्वान गरेको छ। भने यो आन्दोलनप्रति सरोकारवाला निकायले पनि चासो व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग युवाहरूको प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिएपछि सुरक्षा निकायले अत्यधिक बल प्रयोग गरेको जनाएको छ। यो घटना अन्तराष्ट्रियकरण पनि भैसकेको छ।
नेपालका निम्ति संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर–ह्याम्डीले आज घटनालगत्तै विज्ञप्ती जारी गरेर ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा मानिसको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न सकून् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन आग्रह गरेका छन् ।
केही वर्षदेखि सामाजिक सञ्जालमा चर्किएको युवाको आन्दोलन सडकमा ओर्लिएको छ । इन्टरनेटको विकाससँगै हुर्किएको यो पुस्ताले केही वर्षदेखि भर्चुअल माध्यमबाट भ्रष्टाचार, कुशासन र विकासमा भएको अवरोधको विरोध गर्दै आएको थियो । विश्वव्यापी प्रभावलाई पछ्याइरहेको पुस्ता वाक स्वतन्त्रता, विकासमा आधुनिकता, भ्रष्टाचारविरुद्धको कारबाहीको पक्षमा सामाजिक सञ्जालमार्फत सशक्त प्रस्तुत भइरहँदा त्यसको असर राजनीतिमा पनि पर्न थालिसकेको थियो ।
जसकारण सामाजिक सञ्जालबाट आफ्ना गलत कदमको विरोध र आलोचना बढ्दै गएपछी आफ्नो रोजीरोटी नै गुम्ने खतरा देखेर सरकार सामाजिक सञ्जाल नै निस्क्रिय पार्ने निर्णयमा पुगेको हो ।
जुन कदमले आज नसोचेको घटना सिँगो देशभरी नै निम्त्यायो। यसको पूर्ण जिम्मेवारी सरकराले नै लिन जरुरी छ भने घटनाको सत्यतथ्य अनुसन्धान गरी सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गर्न पाउने अधिकार हनन गर्दै प्रदर्शनमा घुसपैठ गरी प्रदर्शन हिंसात्मक बनाउनेहरुलाई कानुनी दायरामा ल्याउन जरुरी छ।