Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र विवेकहीन : अध्यक्ष भण्डारी

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र विवेकहीन : अध्यक्ष भण्डारी

  • बिहिवार, भाद्र १९ २०८२

  • 527
    SHARES

  • सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय अपरिपक्व र विवेकहीन : अध्यक्ष भण्डारी

    काठमाडौँ । सरकारले नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्ण गरेपछी अनलाइन टिभी पत्रकार सङ्घले आपक्ति जनाएको छ । संघका अध्यक्ष जीवन भण्डारीले सरकारले सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिकाअनुसार गरेको निर्णय अपरिपक्व र विवेकहीन भएको बताउनु भएको हो ।

    अध्यक्ष भण्डारीले सरकारले पूर्ण रूपमा सामाजिक सञ्जाल बन्द गर्नु प्राविधिक रूपमा सम्भव नभएको दाबी गर्दै भिपिएनमार्फत सजिलै प्रयोग गर्न सकिने भएकाले प्रयोगकर्ताको व्यक्तिगत डाटा जोखिममा पर्ने, वित्तीय कारोबार असुरक्षित हुने र इन्टरनेट सेवा महँगो हुने चेतावनी समेत दिनु भएको छ।

    भण्डारीले यो निर्णयले देशको डिजिटल भविष्यमा दीर्घकालीन नकारात्मक असर पु¥याउने, रोजगारी र रेमिट्यान्समा गिरावट आउन सक्ने र विश्वव्यापी सूचना प्रविधि कम्पनीहरूलाई असुरक्षित सन्देश जाने बताउनुभयो ।

    सार्वजनिक छलफल, विज्ञको राय र कानुनी प्रक्रिया बिना गरिएको निर्णयले केवल तत्काल समाधान नदिने, बरु जोखिम बढाउने भएकाले सरकारले परिपक्व र संवादमूलक प्रक्रिया अपनाउनुपर्ने भण्डारीको सुझाव छ ।

     


    बिहिवार, भाद्र १९ २०८२०६:३८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij