Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

उडिरहेको हेलिकोप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

  • आइतवार, मंसिर १४ २०७७

  • 2.1K
    SHARES

  • उडिरहेको हेलिकोप्टरमा चरा ठोक्कियो, नुवाकोटमा आकस्मिक अवतरण

    काठमाडौं । उडिरहेको हेलिकप्टरमा चिल ठोक्किएपछि दुर्घटना भएको छ । कैलाश हेलिकोप्टर सर्भिसेसको नाइन एनए जेजे हेलिकप्टर नुवाकोटमा दुर्घटना भएको हो ।

    बाग्लुङको गल्कोटबाट काठमाडौंका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछि नुवाकोटमा आकस्मिक अवतरण गरिएको छ ।

    नुवाकोट प्रहरीका अनुसार हेलिकोप्टरमा रहेका ६ जना नै सुरक्षित छन् । केहीलाई सामान्य चोट लागेको छ । हेलिकप्टरमा गलकोट नगरपालिका वडा नम्बर –३ का अध्यक्ष वीरजंग भण्डारी र पाइलटसहित ६ जना हुनुहुन्थ्यो ।

    कैलाश हेलिकप्टर सर्भिसेजको उक्त हेलिकप्टर नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर ६ झिल्टुङमा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

     

     


    आइतवार, मंसिर १४ २०७७०३:२९:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij