Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नौ किलो सुन र चार करोडबढी रकमसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाउने

नौ किलो सुन र चार करोडबढी रकमसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाउने

  • बुधवार, भाद्र १८ २०८२

  • 643
    SHARES

  • नौ किलो सुन र चार करोडबढी रकमसहित पक्राउ परेका श्रेष्ठलाई राजश्वमा पठाउने

    काठमाडौं । चार करोड २५ लाख र ९ किलो सुनसहित पक्राउ परेका विनोदकुमार श्रेष्ठलाई राजश्व अनुसन्धान विभागमा पठाइने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बरामद रकम र सुुनसहित श्रेष्ठलाई राजश्व अनुसन्धान विभाग हरिहर भवन पठाउने लागेको बताउनुभयो ।

    श्रेष्ठको कसुर प्रहरीले भन्दा पनि विभागले हेर्ने किसिमको रहेकाले त्यहाँ पठाउन लागिएको एसएसपी अधिकारीले बताउनुभयो । मंगलबार प्रहरीले छापा हानेर ठूलो मात्रामा रकम बरामद गरेको थियो । ठूलो मात्रामा रकम भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा ४ करोड २५ लाख रकम रहेको खुलेको थियो ।

    त्यसैगरी सुनका विभिन्न गरगहनाहरू ९ किलो ८३७ ग्राम बरामद भएको छ । ३ किलो २१८ ग्राम चाँदीका गरगहना बरामद भएका छन् । उक्त रकम, सुनचाँदीसहित प्रहरीले गोरखाको गोरखा बजारका ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

    उक्त रकम र सुनचाँदसहित पक्राउ परेका व्यक्ति मिटरब्याजी रहेको प्रहरीले दाबी गरेको छ । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित आफ्नै घरबाट पक्राउ परेका श्रेष्ठले सुन धितो राखेर मिटरब्याजमा पैसा लगानी गर्ने गरेको दाबी प्रहरीले गरेको छ । ठूलो मात्रामा अवैध रकम लुकाएर राखेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो । सो क्रममा घरधनी श्रेष्ठ पक्राउ परेका हुन् ।


    बुधवार, भाद्र १८ २०८२०२:४४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij