Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

  • मंगलवार, भाद्र १७ २०८२

  • 697
    SHARES

  • चिल्ड्रेन अस्पताललाई पाल्पाली संगम टेक्सास अमेरिकाको सहयोग

    काठमाडौं । चिकित्सक डा. भगवान कोईरालाको नेतृत्वमा हालै काठमाडौं इन्स्टिच्युट अफ चिल्ड्रेन अस्पताल निर्माणको सहयोगमा पाल्पाली संगम टेक्सासले सहयोग स्वरुप डलर रकम ५१५० को चेक संस्थाको टेक्सास प्रतिनिधि डा. बिनीतालाई हस्तान्तरण गरको छ ।

    नेपालमा वालवालिकामा विभिन्न रोग लाग्ने र समयमै ऊपचार नपाउने अनि उपचारका लागि टाढा टाढासम्म पुर्याउनु पर्ने र सहि ऊपचार पध्दति नभै राखेकोले उक्त अस्पताल निर्माणको रकम हस्तान्तरण गरिएको हो ।

    अस्ति १५ गते संगमको तर्फवाट उपस्थित संयोजक शिव काफ्लेले सो चेक रकम हस्ततरन्तरण गर्नु भएको थियो।

    उक्त कार्यक्रममा संगमको तर्फबाट $५०० भन्दा माथी सहयोग गर्ने क्रमश: लोकराज पौडेल यादव खनाल र प्रवेश श्रेष्ठ तथा नव निर्वाचित एनआरएनए का अध्यक्ष निकेश पोखरेललाई सम्मान गरिएको थियो ।

    ऊक्त कार्यक्रममा संगमका अमेरिका केन्दिय कोषाध्यक्ष अर्जुन पौडेल, NRNA अमेरिकाका उपाध्यक्ष नेत्र पाण्डे, राजेन्द्र पौडेल, बाबुराम अर्याल लगयतले संगमको तर्फबाट आफनो आफ्नो बिचार राख्नु भएको थियो।भने कार्यक्रम नारायण पौड्यालले सॅचालन गर्नु भएको थियो ।सो कार्यक्रम टेक्सास मा रहेको चौतारी ग्रिल एण्ड बारमा सम्पन्न भएको थियो ।

     

     

     


    मंगलवार, भाद्र १७ २०८२०९:३०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij