Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रामपुर, चापकोट र हुँगीका‌ लागि गंगबुमा छुट्टै टिकट काउन्टर स्थापना

रामपुर, चापकोट र हुँगीका‌ लागि गंगबुमा छुट्टै टिकट काउन्टर स्थापना

  • सोमवार, भाद्र १६ २०८२

  • 1.7K
    SHARES

  • रामपुर, चापकोट र हुँगीका‌ लागि गंगबुमा छुट्टै टिकट काउन्टर स्थापना

    काठमाडौं । पाल्पाको रामपुरमा प्रधान कार्यालय रहेको रामसीता रामपुर यातायात प्रालीले काठमाडौँको नयाँ बसपार्कमा टिकट काउन्टर खोलेको छ।

    गंगबुस्थित नयाँ बसपार्क परिसरमा आजदेखि आफ्नै पहिचानसहितको छुट्टै टिकट काउन्टर खोलेको यातायात प्रालीका अध्यक्ष विष्णुबहादुर विकले जानकारी दिनुभयो।
    काउन्टरबाट हरेक बिहान ५स्३० बजे र ७ बजे छुट्ने एसी हाइस र हरेक बेलुका ६ बजे छुट्ने एसी सोफा सिटसहितको रात्रि बसका लागि टिकट काट्न थालिएको उहाँले बताउनुभयो ।

    रामसीता रामपुर यातायात प्रालीले हरेक बिहान रामपुरदेखि काठमाडौंसम्म र आर्यभन्ज्याङ ( हुँगी( रामटार(रामपुर हुदै काठमाडौंसम्म गरी दुईवटा एसी हाइस दिवा सेवामा सञ्चालन गर्दै आइरहेको छ।

    बिगत १ बर्षदेखि पूर्वी पाल्पाको कालीगण्डकी बेसीका यात्रुलाई सेवा दिँदै आएको प्रालीले थप सेवाको रूपमा यही भदौ ६ गते देखि रात्री एसी सोफा सिट सहितको बस सञ्चालन गर्न थालेको हो।

    रामपुरदेखि बुटवल तथा सुनौली, पोखरा, नारायणगढ, कावासोतीसम्म पनि हाइस र नगरमा अटो पनि चलाउँदै आएको प्रालीका सचिव तथा क्यु संयोजक प्रकाश ज्ञवालीले जानकारी दिनुभयो।

    रामसीता रामपुर यातायात प्रणालीले सेवा सुरु गरेपछि कालीगण्डकी बेसी क्षेत्रमा गुणस्तरीय यातायात सेवाको विस्तार भएको प्रालीका वरिष्ठ उपाध्यक्ष शंकर खाँणले दाबी गर्नुभयो।


    सोमवार, भाद्र १६ २०८२०८:५५:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij