Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अनलाइन टिभी पत्रकार संघको कैलाली जिल्ला शाखा गठन, अनलाइन टिभीहरुलाई व्यवस्थीत गर्ने अठोट

अनलाइन टिभी पत्रकार संघको कैलाली जिल्ला शाखा गठन, अनलाइन टिभीहरुलाई व्यवस्थीत गर्ने अठोट

  • आइतवार, भाद्र ८ २०८२

  • 592
    SHARES

  • अनलाइन टिभी पत्रकार संघको कैलाली जिल्ला शाखा गठन, अनलाइन टिभीहरुलाई व्यवस्थीत गर्ने अठोट

    काठमाडौं। अनलाइन टिभी पत्रकार संघ नेपाल कैलालीको जिल्ला कार्यसमिति भरत साउद आलोकको अध्यक्षतामा गठन गरिएको छ ।

    समितिको उपाध्यक्षमा रमेश एडी, सचिवमा रमित पाण्डे, कोषाध्यक्षमा मञ्जु भण्डारी र सहसचिवमा तिलक राज ढुङ्गाना, समावेशी सदस्यतामा प्रेम विक र सागर चौधरी, खुला सदस्यतामा गणेश विष्ट र यज्ञराज अवस्थी निर्वाचित भएका छन्।

    पत्रकारिता क्षेत्रमा अनलाइन टिभीको बढ्दो प्रभावलाई संस्थागत विकास गर्ने उद्देश्यले केन्द्रमा जीवन भण्डारीको अध्यक्षतामा गठन गरिएको संघको जिल्लास्तरीय पहिलो कार्यसमितिका लागि धेरै आकांक्षि भएपनि सर्वसम्मत कार्यसमिति बनाइएको सचिव पाण्डेले जानकारी दिनुभयो।

    अधिवेशनलाई सम्बोधन गर्ने वक्ताहरूले अनलाइन पत्रकारिता वर्तमान समयमा जनतासँग नजिक पुग्ने सबैभन्दा छिटो र प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै अनलाइन टिभी पत्रकारहरूको भूमिकालाई अझ सबल बनाउन नयाँ नेतृत्वले ठोस कार्यक्रम अघि सार्ने अपेक्षा व्यक्त गरेका छन्।

    नवनिर्वाचित अध्यक्ष साउदले आफ्नो कार्यकालमा पत्रकारहरूको पेशागत अधिकार, सीप विकास र अनलाइन पत्रकारिताको मर्यादा तथा आचारसंहिता पालनामा संघले विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    उहाँले पत्रकारहरूलाई एउटै मञ्चमा ल्याएर सामूहिक आवाज बुलन्द गर्ने र स्थानीय तहदेखि प्रदेश तथा संघीय तहसम्म प्रेस स्वतन्त्रता र पत्रकारहितका विषयमा सक्रिय भूमिका खेल्ने बताउनुभयो।

    अधिवेशनबाट निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई विभिन्न सञ्चार संस्था, पत्रकारहरू, संघसंस्था तथा सरोकारवालाहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

    विक्रम सम्वत २०७६ सालमा स्थापना भएको संघले २०७७ सालमा आफ्नै स्वनियमन निर्देशिका जारी गरेको छ भने गत साउन ५ गते नेपालमा पहिलो पटक एआई आचार संहिता लागू गरेको छ ।


    आइतवार, भाद्र ८ २०८२११:१८:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij