Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कलश स्टक मार्केटको नयाँ शाखा बुटवलमा पनि संचालन

कलश स्टक मार्केटको नयाँ शाखा बुटवलमा पनि संचालन

  • आइतवार, भाद्र १ २०८२

  • 2.1K
    SHARES

  • कलश स्टक मार्केटको नयाँ शाखा बुटवलमा पनि संचालन

    काठमाडौं । कलश स्टक मार्केट प्रा.लि.ले आफ्नो सेवालाई थप विस्तार तथा परिस्कृत गरेर रुपन्देहीको बुटवलमा पनि शाखा संचालनमा ल्याएको छ । काठमाडौ १०, बुद्धनगरमा मुख्य कार्यालय रहेको कलश स्टक मार्केट प्रा.लि. (ब्रोकर नं ७४) ले सेवा विस्तारको क्रममा रुपन्देही जिल्लाको मिलनचोक, बुटवलमा पहिलो शाखा स्थापना गरेको हो । बुटवलमा श्रावणको अन्तिम साताबाट स्वस्तिपुजा गरी शाखा सञ्चालनमा ल्याएको छ ।

    बुटवलमा स्थापना गरिएको शाखा मार्फत बुटवल तथा आसपासका जिल्लामा रहेका धितोपत्र कारोवार गर्ने व्यक्तिहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित शाखा संचालनमा ल्याइएको जनाइएको छ । बुटवल शाखा मार्फत पाल्पा, गुल्मी, कपिलवस्तु, अर्घाखाँची तगायतका सर्वसाधारणलाई दोश्रो बजारमा नविनतम प्रविधि सहित शेयर कारोवार गर्न अझै सहज हुने शाखा प्रमुख भानुभक्त पौडेल (कमल) ले बताउनुभयो ।

    यस कम्पनीले निकट भविष्यमा देशका सम्भावित अन्य स्थानहरुमा पनि शाखा विस्तार गरी आम सर्वसाधारण समक्ष सहज रुपमा शेयर कारोवार गर्न सकिने सुविधा प्रदान गर्ने लक्ष्य लिएको प्रवन्ध सञ्चालक शालिकराम अधिकारीले बताउनुभयो ।

    नेपाल धितोपत्र बोर्डद्वारा इजाजत प्राप्त तथा नेपाल स्टक एक्स्चेञ्च लिमिटेडको धितोपत्र दलाल सदस्यता प्राप्त यस ब्रोकरले मिति २०८० भाद्र १० देखि औपचारिक कारोवार शुभारम्भ गरेको थियो । कम्पनीले आफ्ना ग्राहकहरुलाई सर्वसुलभ र प्रविधिमैत्री रुपमा धितोपत्र ब्रोकरेज तथा निक्षेप सदस्य (डिपी) को सेवा प्रदान गरिरहेको अध्यक्ष प्रदिप के.सी.ले बताउनुभयो ।

     


    आइतवार, भाद्र १ २०८२०१:२७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij