Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

  • शनिवार, श्रावण ३१ २०८२

  • 872
    SHARES

  • आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा-आराधना गरिँदै

    काठमाडौँ । भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी। सनातन धर्मावलम्बी शनिबार भगवान् कृष्णको जन्मदिन मनाउँदैछन्। 

    पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण पक्षको अष्टमीको मध्यरातमा रोहिणी नक्षत्रमा भगवान् विष्णुका आठौँ अवतारका रूपमा कृष्णको जन्म भएको हो।

    लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने क्रमअनुरूप कंसलगायत दानवको अन्त्यका लागि विष्णुले कृष्णको रूप लिएको बताइन्छ। 

    नेपाल र भारतमा रहेका कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्‍छ। नेपालमा पाटनको कृष्ण मन्दिरमा बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ। ललितपुर (पाटन) को मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा पन भक्तजनको घुइँचो लागेको छ।

     


    शनिवार, श्रावण ३१ २०८२०९:५४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij