Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

  • बिहिवार, श्रावण २९ २०८२

  • 581
    SHARES

  • जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

    काठमाडौं । पशुपति आर्यघाटमा जलाउँदै गरेको शवबाट चोरी भएको हड्डी खरिद गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भएर कपन बस्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल गाउँपालिका घर भएर गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन् । 

    आरोपीहरूलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले जानकारी दिनुभयो । यसअघि साउन २३ मा चितामा जल्दै गरेको अवस्थामा शवबाट हड्डी निकालेर बेच्ने गणेश प्रसाद ढलका र उनका सहयोगी विनायक मैनाली पक्राउ परेका थिए ।

    काभ्रेको बनेपा नगरपालिका–९ का राम शाहीको शव जलाउने क्रममा उनीहरूले हड्डी निकालेको आरोप छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ५ सयमा अर्का एक जनालाई सो हड्डी बेचेको खुलेको छ । ढकाल २५ वर्षदेखि पशुपतिमा शव जलाउने काम गर्दै आएका थिए । एउटा शव जलाएबापत उनले पशुपति विकाश कोषसँग १५ सय रुपैयाँ लिन्छन् ।

    प्रहरीले ठाकुरले प्लास्टिकमा पोको बनाएर राखेको अवस्थामा हड्डीको धुलो र खरानी बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।


    बिहिवार, श्रावण २९ २०८२०२:०६:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij