Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नागढुङ्गा सुरुङमार्गमा सवारी चलाउँदा दस्तुर तिर्नुपर्ने

नागढुङ्गा सुरुङमार्गमा सवारी चलाउँदा दस्तुर तिर्नुपर्ने

  • बिहिवार, श्रावण २९ २०८२

  • 396
    SHARES

  • नागढुङ्गा सुरुङमार्गमा सवारी चलाउँदा दस्तुर तिर्नुपर्ने

    काठमाडौँ । सरकारले नागढुङ्गा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले कार र भ्यानहरूको काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तोकिएको छ ।

    यस्तै मिनी बस-ट्रकको काठमाडौँ आउँदा ११५ रुपैयाँ र जाँदा ८० रुपैयाँ, बस तथा ट्रकको काठमाडौँ आउँदा २६० र जाँदा २०० रुपैयाँ दस्तुर तोकिएको बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।

    यस्तै भारी उपकरणको काठमाडौँ आउँदा ६०० र जाँदा २५० दस्तुर तोकिएको उहाँले बताउनुभयो । सुरुङमार्गबाट मोटरसाइकल भने चलाउन पाइँने छैन् । उक्त सुरुङमार्गको भौतिक प्रगति हालसम्म ९३ प्रतिशत सम्पन्न भएको छ ।

     


    बिहिवार, श्रावण २९ २०८२०१:५४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij