Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

हङकङमा नेपाल एयरलाइन्सको छलफलपछि बढ्यो यात्रुको सङ्ख्या

हङकङमा नेपाल एयरलाइन्सको छलफलपछि बढ्यो यात्रुको सङ्ख्या

  • मंगलवार, श्रावण २७ २०८२

  • 554
    SHARES

  • हङकङमा नेपाल एयरलाइन्सको छलफलपछि बढ्यो यात्रुको सङ्ख्या

    काठमाडौं। नेपाल वायुसेवा निगमले हङकङमा बसेर नेपाली समुदाय, व्यवसायी तथा यात्रुलाई राष्ट्रिय ध्वजावाहक विमान प्रयोग गर्न आग्रह गरेको छ। निगमले हङकङमा आयोजना गरेको छलफलमा नियमित र गुणस्तरीय सेवा अझ वृद्धि गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

    निगमका अध्यक्ष युवराज अधिकारीको नेतृत्वमा मार्केटिङ डाइरेक्टर टंकनिधि दाहाल, सिनियर पाइलट विजया लामा लगायतको टोलीले हङकङस्थित संस्थागत प्रतिनिधि, व्यवसायी र यात्रुसँग भेटघाट गरी निगमको सेवाप्रति विश्वास कायम राख्न आग्रह गरेको हो।

    निगमले हङकङ–नेपाल उडानलाई नेपालको अन्तर्राष्ट्रिय सम्पर्कको महत्वपूर्ण माध्यमका रूपमा परिभाषित गर्दै सेवा विस्तार, समयपालन र यात्रु सुविधामा सुधारका लागि विभिन्न सुझाव संकलन गरेको छ। छलफलका क्रममा यात्रु तथा समुदायका प्रतिनिधिले नेपाल वायुसेवाको निरन्तर सेवा सञ्चालन र गुणस्तरीयतामा खासै गुनासो नरहेको बरु गौरव लाग्ने गरेको उल्लेख गरेका थिए।

    छलफलमा यात्रुको चाप व्यवस्थापन, आवश्यकताअनुसार अतिरिक्त उडानको सम्भावना र सेवामा देखिएका समस्याको छिटो समाधानका लागि निगम गर्ने प्रयासका बारेमा समेत जानकारी दिईएको निगमका प्रवक्ताद्वय सुभाष डाँगी र मनोज कुमार साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

    छलफलपछि हङकङबाट नेपाल आउँदा नेपाल वायुसेवा निगमको जाँच प्रयोग गर्नेको सङ्ख्या बढेको निगमले जनाएको छ। पूर्व निर्धारित निगमको कार्यक्रममा गएका बेला हङकङ स्थित नेपाली साहित्यानुरागीहरुले बिदाको दिन आयोजना गरेको कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारी सहभागी भएको विषयलाई गलत तरिकाले व्याख्या गरेकोप्रति निगमले दुःख व्यक्त गरेको छ।

    साथै कार्यकारी अध्यक्ष अधिकारी सहितको टोली नियमित उडान मार्फत स्वदेश फर्किएको र त्यही दिन दम्मामको उडान भने विमान बिग्रिएकाले स्थगित गर्नुपरेको पनि वक्तव्यमा स्पष्ट पारिएको छ। राष्ट्रिय ध्वजावाहकको हैसियतले यात्रुको विश्वास, सुरक्षालाई प्राथमिकता दिने र हङकङ–नेपाल उडानलाई अझ व्यवस्थित र भरपर्दो बनाउन निरन्तर प्रयास गर्ने निगमले जनाएको छ।


    मंगलवार, श्रावण २७ २०८२०७:४१:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij