Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

‘उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकाहरु नेपाली छैनन’

‘उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकाहरु नेपाली छैनन’

  • शुक्रवार, श्रावण २३ २०८२

  • 522
    SHARES

  • ‘उत्तरकाशी बाढीमा ज्यान गुमाएका र उद्धार गरिएकाहरु नेपाली छैनन’

    काठमाडौं । भारतको उत्तराखण्ड प्रहरीले नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई उत्तरकाशी जिल्लामा पर्ने धरालीमा गएको भीषण बाढीपहिरोमा ज्यान गुमाएका र उद्धार गरिएकाहरूको सूचिमा कुनै पनि नेपाली नागरिक नरहेको जानकारी गराएको छ । उत्तराखण्ड प्रहरीले हालसम्म ३७२ जनाको सकुशल उद्धार गरिएको र घटनास्थलबाट दुई जनाको शव प्राप्त भएको भन्दै नेपाली दूतावासलाई जसमध्ये कोही नेपाली नागरिक नरहेको जानकारी गराएको हो ।

    नेपाली दूतावासलाई दिइएको जानकारीअनुसार उत्तराखण्ड प्रदेश पौडी गढवाल जिल्लाको बागोडामा ६ अगष्टमा गएको बाढीपहिरोमा परी पाँच नेपालीहरू हराइरहेका छन् । उत्तराखण्ड प्रहरीले दूतावासलाई घाइते भएका चार जना नेपालीहरूमध्ये उपचारपछि तीन जना घर फर्किएका र एक जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको पनि जानकारी गराएको छ ।

    दूतावासले शुक्रबार विज्ञप्ति जारी गरेर बाढी पहिरोपश्चात् नेपालीहरूको अवस्था, हराइरहेका नेपालीहरूको खोजी तथा उद्धार, घाइतेहरूको उपचार एवं अन्य आवश्यक सहयोगका लागि निरन्तर रुपमा उत्तराखण्ड सरकारका सम्बन्धित निकायहरू तथा भारत सरकारको विदेश मन्त्रालयसँग समन्वय गरिरहेको जनाएको छ ।

    यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली दूतावासलाई उत्तराखण्डमा हराएका नेपाली नागरिकहरूको खोजी तथा उद्धारका लागि भारतसँग समन्वय गरेर तदारुकताका साथ लाग्न निर्देशन दिएकी थिइन् । उक्त बाढीपहिरोमा जाजरकोटको कुशे गाउँपालिकाका नागरिक परेका छन् । कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वडा नम्बर २ का १३ जनाभन्दा बढी र अन्य वडाका केही व्यक्तिहरू बाढीपहिरोपछि सम्पर्कमा नरहेका जनाएका छन् ।

    अध्यक्ष बस्नेतले बाढीपहिरो प्रभावित क्षेत्रमा हराइरहेका नेपाली नागरिकहरूको तत्काल खोज तथा उद्धारका लागि नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई कूटनीतिक पहल गर्न पनि आग्रह गरेका छन् ।


    शुक्रवार, श्रावण २३ २०८२०२:३२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij