Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

एनपिएलको दोस्रो संस्करणको मिनि अक्सन आगामी शनिवार हुने

एनपिएलको दोस्रो संस्करणको मिनि अक्सन आगामी शनिवार हुने

  • मंगलवार, श्रावण २० २०८२

  • 980
    SHARES

  • एनपिएलको दोस्रो संस्करणको मिनि अक्सन आगामी शनिवार हुने

    काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका रुपमा हुने अक्सन आगामी शनिवार आयोजना हुदैछ । यस पटकको अक्सनलाई मिनी अक्सनको नाम दिइएको छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले दिएको जानकारी अनुसार मिनी अक्सनमा सहभागी हुन ४ सय ५८ जनाले आफ्नो नाम दर्ता गराएका छन् । लिगमा सहभागी रहने आठ टोलीले इच्छाएका तथा क्यानको प्राविधिक समितीले तयार गरेको मापदण्ड अनुसार रहने खेलाडीको अन्तिम सुची जारी भएको छैन ।

    लिगमा सहभागीताका लागि दर्ता गराउनेको संख्या धेरै रहे पनि यस पटकको अक्सनमा केबल ३७ खेलाडी माथि मात्र बोली लाग्नेछ । पहिलो संस्करणको एनपिएल अक्सनबाट ८८ खेलाडी विभिन्न टोलीमा सम्लग्न भएका थिए । अक्सनमा बोली लागेका ८८ खेलाडीमध्ये टोलीले दोस्रो संस्करणका लागि ५१ खेलाडीलाई निरन्तरता दिएका छन् । ५१ खेलाडी टोलीहरुसँगै रहँदा ३७ खेलाडीको स्थान रिक्त छ । यसै रिक्त स्थान परिपूर्ती गर्न शनिवार हुने अक्सनमा बोली लाग्नेछ ।


    मंगलवार, श्रावण २० २०८२०५:३७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij