काठमाडौं। चर्चीत लोक तथा दोहोरी गायक राजकुमार रायमाझीको तीजगीत ‘यसपाली तीजमा गरम रमाईलो‘ सार्वजनीक भएको छ। अमेरिकी नागरीक तथा नेपाली लोक तथा दोहोरी गायीका डा.आना स्टारसँगको सहकार्यमा गायक रायमाझीले मंगलबार(साउन १३) मा मौलिक तीजगीत बजारमा ल्याउनु भएको हो ।
नेपाली नारीहरुको महान चाड तीज पर्वमा पनि विभिन्न पारिवारिक वाध्यताका बावजुत आफ्नो माइति घर जान नपाएर घरमै बस्न वाध्य चेलीहरुको पीडालाई मध्यनजर गरेर रायमाझीले जहाँ छौं त्यही नाचेर, गाएर रमाईलो गर्नुपर्छ भन्ने भाव समेटेर उक्त गीत बजारमा ल्याउनु भएको हो ।
उक्त गीत रायमाझीको लय तथा शब्दमा र स्वयं रायमाझीसँगै गायीका आना र टीका आले मगरको स्वर रहेको छ भने होम धिताल, आना, रायमाझी, आलेमगरको अभिनय तथा होम धितालको निर्देशन र रोशन धितालको सम्पादन रहेको छ। अमेरिकी नागरीक गायीका आना नेपाली लोक गीत संगितमा पीएचडी गर्ने एक मात्रै व्यक्ति हुनुहुन्छ।
उक्त गीत राजकुमार रायमाझीको आधीकारीक युटुब च्यानलबाट सार्वजनीक गरिएको छ। पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्,: