काठमाडौं । सेयर बजार चार वर्षअघिकै उच्च विन्दुमा पुगेको भन्ने हल्लापछि शेयर बजारमा लगानीकर्ता आत्तिएका छन् । नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) बुधबार ४७.९३ अङ्कले घटेको हो । योसँगै बजार परिसूचक २९५४.५१ अङ्कमा झरेको छ । आज बजारमा १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार बजार परिसूचक ३००२.०७ अङ्कमा बन्द भएको थियो । बुधबार खुलेको बजार सुरु देखिनै घट्दो क्रममा रहेको थियो । अन्तमा बजार आधा शतकभन्दा तल झरेर बन्द भएको हो । आज बजारमा २३ कम्पनीको मूल्य बढेको छ भने २२६ कम्पनीको मूल्य घटेको छ ।