Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाको संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा थप २ जनाको मृत्युु

कोरोनाको संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा थप २ जनाको मृत्युु

  • शनिवार, मंसिर १३ २०७७

  • 814
    SHARES

  • कोरोनाको संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा थप २ जनाको मृत्युु

    काठमाडौं । कोरोनाको संक्रमणबाट रुपन्देही र कपिलवस्तुमा थप एक–एक जनाको बुटवलमा मृत्यु भएको छ ।

    बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुष र कपिलवस्तु गोरुसिंगेका ७४ वर्षीय पुरुषको कोरोना विशेष अस्थायी अस्पताल बुटवलमा मृत्यु भएको हो ।

    मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको शुक्रबार राति ११:२५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । उहाँ मिर्गौलाको डायलासिस गराइरहेका विरामी हुनुुहुन्थ्यो ।

    यस्तै मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका कपिलवस्तुका पुरुषको शुक्रबार राति १०ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले बताउनुभयो । उहाँ पनि मिर्गौलाको डायलासिस गराइरहेका विरामी हुनुुहुन्थ्यो ।

    प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार कोरोना संक्रमितको मृत्यु हुने संख्या रुपन्देहीमा १२० र कपिलवस्तुमा १८ पुगेको छ ।


    शनिवार, मंसिर १३ २०७७०९:२७:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij