Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

पाँच अंकले बढ्यो नेप्से

पाँच अंकले बढ्यो नेप्से

  • बुधवार, श्रावण ७ २०८२

  • 529
    SHARES

  • पाँच अंकले बढ्यो नेप्से

    काठमाडौं । बुधबार पनि शेयर बजार बढेर बन्द भएको छ । बजार बन्द हुँदा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.१७ अंकले बढेर २९७८.८८ विन्दुमा पुगेको छ ।

    १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँ बराबरको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ९८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर छैन । यस्तै ३१९ वटा कम्पनी कारोबार हुँदा १ लाख ७० हजार ३८१ पटक शेयर किनबेच भएको छ । १३ समूहमध्ये ७ समूह बढेको छ भने ६ समूह घटेको छ । सबैभन्दा बढी फाइनान्स समूह ३.२३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१५ प्रतिशतले बढेको छ ।

    सबैभन्दा बढी होटल तथा पर्यटन १.१० प्रतिशतले घटेको छ भने सबैभन्दा कम वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेको छ ।


    बुधवार, श्रावण ७ २०८२०४:३७:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij