Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कर्णाली विकास बैंकको बचत अनियमितता प्रकरणमा तत्कालिन अनुगमन अधिकृत पक्राउ

कर्णाली विकास बैंकको बचत अनियमितता प्रकरणमा तत्कालिन अनुगमन अधिकृत पक्राउ

  • शुक्रवार, श्रावण २ २०८२

  • 545
    SHARES

  • कर्णाली विकास बैंकको बचत अनियमितता प्रकरणमा तत्कालिन अनुगमन अधिकृत पक्राउ

    काठमाडौं । बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

    बैंक गम्भीर समस्यामा फसिसकेका बेला समेत अनुगमन अधिकृतका रुपमा खटिएका उनले अवस्था ठिक रहेको भन्दै प्रतिवेदन दिएको आरोप बस्नेतमाथि छ । यसअघि सीआईबीले अनुगमनमा गएकाहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । पत्र गएपछि राष्ट्र बैंकका कर्मचारीहरूबीच यो विषयले तनाव सिर्जना गराएको थियो ।

    त्यसपछि सीआईबीसहित प्रहरी उच्च अधिकृतहरूसँग गर्भनर विश्व पौडेलले समेत चासो देखाएका थिए । यो बैंकमा भएको घोटालामा प्रहरीले हालै भारतबाट संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेर ल्याएको थियो । यो ठगीमा बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख बेदप्रकाश ठकुरी, निरजविक्रम शाह समेतको संलग्नता खुलेको प्रहरी अधिकृतहरूको भनाइ छ ।

    कर्णाली विकास बैंकको अन्य बैंक खातामा रहेको रकम र बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रहेको रकमबीच अन्तर निस्किएपछि यसमा घोटाला भएको खुलेको थियो । विभिन्न बैंकको खातामा रहेको मौज्दातको नक्कली ब्यालेन्स सर्टिफिकेट बनाई केही वर्षदेखि अपचलन लुकाएको आन्तरिक छानबिन समितिले देखाएपछि अनुसन्धानका लागि सीआईबीलाई पत्र पुगेको थियो ।


    शुक्रवार, श्रावण २ २०८२०७:४८:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij