Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

इडब्लुभीएल अक्सनमा ए क्याटेगोरीको बोलकबोल सम्पन्न, सात जनामध्ये छ खेलाडी ‘सोल्ड’

इडब्लुभीएल अक्सनमा ए क्याटेगोरीको बोलकबोल सम्पन्न, सात जनामध्ये छ खेलाडी ‘सोल्ड’

  • शुक्रवार, श्रावण २ २०८२

  • 907
    SHARES

  • इडब्लुभीएल अक्सनमा ए क्याटेगोरीको बोलकबोल सम्पन्न, सात जनामध्ये छ खेलाडी ‘सोल्ड’

    काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको अक्सन अन्तर्गत ए क्याटेगोरीको बोलकबोल सम्पन्न भएको छ । ए क्याटेगोरीमा रहेका ७ खेलाडीबाट ६ खेलाडी अनुबन्ध भए । चार खेलाडी लक्की ड्रमार्फत चयन भए भने एक जना सिंगल बिडमै अनुबन्ध भइन्। बाँकी दुई अनसोल्ड खेलाडीमध्ये एकलाई अन्तिममा टोलीले सिधै रोज्यो।

    कमला विष्टका लागि लुम्बिनी लाभाज, ललितपुर क्विन्स र कर्णाली यशविसबाट बोली लाग्दा लक्की ड्रमा लुम्बिनीले उनलाई अनुबन्ध गर्यो। उनी १ लाख ३२ हजार ५०० मा अनुबन्ध भइन्। पुनम चन्दलाई पनि तीन टोलीले बोली लगाए। पोखरा निन्जाज, कर्णाली यशविस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुँदा लक्की ड्रमा पोखराले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो।

    संगम महतोका लागि ललितपुर क्विन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा भयो। अन्ततः लक्की ड्रमा ललितपुरले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो। सफिया पुन पनि लक्की ड्रमै चयन भइन्। कर्णाली यशविस र मधेश युनाइटेडबीचको प्रतिस्पर्धामा लक्की ड्रपछि कर्णालीले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो।

    कविता भट्ट सिंगल बिडमै अनुबन्ध भएकी खेलाडी हुन्। उनलाई काठमाडौं स्पाइकर्सले १ लाख ३० हजारमा अनुबन्ध गरेको हो । पहिलो राउन्डमा अनसोल्ड भएकी शान्तिकला तामाङ र आरती सुवेदीमध्ये आरतीलाई मधेश युनाइटेडले अन्तिममा रोज्यो। उनलाई बेस प्राइस १ लाख १५ हजारमै अनुबन्ध गरियो।

    क्याटेगोरी ए को बेस प्राइस १ लाख १५ हजार निर्धारण गरिएको थियो भने उच्चतम मूल्य १ लाख ३२ हजार ५०० तोकिएको थियो ।


    शुक्रवार, श्रावण २ २०८२०५:३८:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij