Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बिहीबार पनि सेयर बजारमा उछाल

बिहीबार पनि सेयर बजारमा उछाल

  • बिहिवार, श्रावण १ २०८२

  • 598
    SHARES

  • बिहीबार पनि सेयर बजारमा उछाल

    काठमाडौं । आर्थिक वर्ष २०८२-८३ को पहिलो दिन तथा साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.८२ अङ्कले बढेर २८ सय ७४ दशमलव ६० विन्दुमा पुगेको हो ।

    आज २३९ कम्पनीको सेयर मूल्य बढ्दा ९ कम्पनीको सेयर मूल्य घटेका छन् । दिनभरमा ३११ स्क्रिवका ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएको छ ।

    जसमध्ये सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आज बुटवल पावर कम्पनीको ६० करोड, राधी विद्युत कम्पनीको ५६ करोड, सानिमा माइ हाइड्रोको ४२ करोड र न्यादी गुप्रको ४१ करोड रुपैयाँको कारोबार भएको छ ।

    ट्रेड टावर, शुभम पावर र थ्रिस्टार हाइड्रो कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा उछाल आउनुमा आज अन्य समूहको प्रमुख योगदान रह्यो । उक्त समूह ५.०९ प्रतिशतले बढ्दा हाइड्रोपावर, इन्भेष्टमेन्ट र जीवन बीमा क्षेत्रमा ३ प्रतिशत भन्दा माथिको वृद्धि भएको छ । सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.०४ प्रतिशत मात्रै बढेको छ ।

     


    बिहिवार, श्रावण १ २०८२०३:३९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij