काठमाडौं। चितवनको खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माविरुद्ध दायर विशेष अदालतले सफाइ दिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बैशाख ३१ गते शर्माविरुद्ध उक्त रिट दायर गरेको थियो।
अख्तियारले दायर गरेको मुद्दामा शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको दावि गरिएको थियो तर उक्त दाबी पुष्टि हुन नसकेपछी शर्माले सफाई पाउनुभएको हो।
उक्त मुद्दाउपर यही असार २९ गते आइतबार विशेषका सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रिट निवेदनमा दाबी गरिएअनुसार आवश्यक प्रमाण पुराउन नसकेपछी सफाइको फैसला गरेको हो।
शर्मा चितवनको खैरहनी नगरपालिका–६ स्थित खैरहनी माविमा द्वितीय तहको शिक्षकका रुपमा २०८० बैशाखदेखि प्रधानाध्यापकको जिम्मेवारीका साथ कार्यरत हुनुहुन्छ । बिशेष अदालतको फैसलाबाट सफाई पाएसँगै शर्मा पुनः प्रअ पदमै पुर्नबाहली हुनुभएको छ।