Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल एसबिआई बैंकद्वारा खाध्य सामाग्री बितरण

नेपाल एसबिआई बैंकद्वारा खाध्य सामाग्री बितरण

  • मंगलवार, आषाढ ३१ २०८२

  • 263
    SHARES

  • नेपाल एसबिआई बैंकद्वारा खाध्य सामाग्री बितरण

    काठमाडौं। नेपाल एसबिआई बैंक लि.ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंमा खाध्य सामाग्री बितरण गरेको छ ।

    एक कार्यक्रमका बिच काठमाडौं महानगरपालिका वडा नं ३१ मा रहेको नेपाल बाल सेवा फाउन्डेसनका बालबालिकालाई लक्षित गरी अत्यावश्यक खाध्य सामाग्री बितरण गरीएको छ ।

    बैंकका मुख्य प्रबन्धक तथा बागमति प्रदेश प्रमुख, श्री सुशिल राज श्रेष्ठले फाउन्डेसनका संचालक श्री कृष्०ा गुरुङ्गलाई एक कार्यक्रमका बीच औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

    उक्त कार्यक्रममा बैंकका नयाँ वानेश्वर शाखाका शाखा प्रमुख, श्री मनोज चापागाई, र बैंक तथा फाउन्डेसनका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो । बैंकले यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको बताएको छ ।

    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।


    मंगलवार, आषाढ ३१ २०८२०८:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij