Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एसबिआई बैंक र हिमालय निर्माण मार्टबीच छुटसम्बन्धी सम्झौता

एसबिआई बैंक र हिमालय निर्माण मार्टबीच छुटसम्बन्धी सम्झौता

  • मंगलवार, आषाढ ३१ २०८२

  • 454
    SHARES

  • एसबिआई बैंक र हिमालय निर्माण मार्टबीच छुटसम्बन्धी सम्झौता
    काठमाडौं। नेपाल एसबिआई बैंक र हिमालय निर्माण मार्ट काठमाडौंबीच छुट सम्बन्धी सम्झौता भएको छ। 
     
    एक कार्यक्रमका बिच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी घरायसी सामाग्रीहरु खरिद सुविधामा २० प्रतिशत सम्म छुट दिने सम्झौता भएको हो । 
     
    उक्त सम्झौतापत्र बैंकका मुख्य प्रबन्धक तथा बागमती प्रदेश प्रमूख शुशिल राज श्रेष्ठ र हिमालय निर्माण मार्ट  प्रा. लि.का प्रमूख कार्यकारी अधिकृत रमेश श्रेष्ठकाबिच आदान प्रदान भएको थियो । 
     
    उक्त कार्यक्रममा बैंकका नयाँ वानेश्वर शाखाका शाखा प्रमुख, मनोज चापागाई, हिमालय निर्माण मार्ट  प्रा. लि.का प्रबन्ध संचालक चाङ्ग अग्रवाल र बैंक तथा मार्टका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।
     
    नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

     


    मंगलवार, आषाढ ३१ २०८२०८:३५:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij