Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौद्रिक नीति सार्वजनिक, लचक र लगानीमैत्री रहेको निष्कर्ष, अर्थतन्त्र चलायमान बनाउने विश्वास, निजि क्षेत्र पनि उत्साहीत (खासखबर)

मौद्रिक नीति सार्वजनिक, लचक र लगानीमैत्री रहेको निष्कर्ष, अर्थतन्त्र चलायमान बनाउने विश्वास, निजि क्षेत्र पनि उत्साहीत (खासखबर)

  • शुक्रवार, आषाढ २७ २०८२

  • 617
    SHARES

  • मौद्रिक नीति सार्वजनिक, लचक र लगानीमैत्री रहेको निष्कर्ष, अर्थतन्त्र चलायमान बनाउने विश्वास, निजि क्षेत्र पनि उत्साहीत (खासखबर)
    काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थीक वर्षका लागी आज मौद्रिक नीति सार्वजनिक गरेकोे छ। राष्ट्र बैंकले नेपालको सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी आर्थिक वर्ष २०८२÷८३ को लचिलो मौद्रिक नीति ल्याएको बताएको छ। 
     
    मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा.विश्वनाथ पौडेलले यसपटक राष्ट्र बैंकले देशको अर्थतन्त्र चलायमान हुने र कर्जा विस्तारको माग बढ्ने, बाह्य लगानी भित्रिने तथा नयाँ लगानी विस्तार हुने लक्ष्यसहित बजेटसँग समेत तादम्य हुनेगरी उदार मौद्रिक नीति ल्याएको बताउनु भएको छ। 
     
    मौद्रिक नीतिमार्फएत केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत विन्दुले घटाई ६ प्रतिशत तथा नीतिगत दर ५ प्रतिशतबाट घटाई ४.५ प्रतिशत बनाएको छ भने स्थायी निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट घटाई २.७५ प्रतिशत बनाएको छ। 
     
    मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि पनि १२ प्रतिशत प्रक्षेपण गरेको छ। सरकारले भने आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ। 
     
    राष्ट्र बैंकले घरजग्गामा पनि लचिलो नीति लिएको छ। जसमा घर किन्न दिइने कर्जाको अधिकतम सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पु¥याएको छ। भने कर्जाको सीमा पनि बढाएको छ। 
     
    यसअघि घरजग्गाको मूल्याङ्कनमा ५० प्रतिशतमात्रै बैंकले ऋण दिने गरेकोमा अब ७० प्रतिशत कायम गरिएको छ। जसले अब मूल्याङ्कनको ७० प्रतिशतसम्म बैंकबाट ऋण लिएर घरजग्गा खरिद गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थाले दिने शेयर धितो कर्जामा सीमा पनि १५ करोडबाट बढाएर २५ करोड रुपैयाँ पु¥याएको छ। 
     
    धितो राखिने शेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ,त्यही रकमको ७०प्रतिशत बैंकले शेयर धितोमा कर्जा दिँदै आएका छन्। यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ।
     
    कृषि, सञ्चारलगायत उत्पादनमूलक क्षेत्रमा प्रवाह भएको चालु पूँजी कर्जामा नेपाल राष्ट्र बैंकले केही सुविधा दिने भएको छ। विदेश भ्रमणमा जाने नेपालीले बोक्न पाउने रकमको सीमा २ हजार ५ सयबाट बढाएर ३ हजार अमेरिकी डलर बनाइएको छ।
     
    यस्तै मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग एकीकृत गर्ने उल्लेख छ। नीति अनुसार बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचान अर्थात् (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन्। 
     
    ग्राहकले एकपटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि त्यो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्नसक्ने पूर्वाधार निर्माण गरिने उल्लेख छ।
     
    गभर्नर पौडेलले समग्रमा मौद्रिक नीतिले विप्रेषण आय भित्राउन, उत्पादनसिल क्षेत्रमा लगानी गर्न तथा आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजना अन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना र नवप्रवर्तनको प्रवद्र्धनमा समेत जोड दिएको बताउनुभयो।
     
    यसपटकको मौद्रिक नीतिप्रति निजि क्षेत्र पनि उत्साहित देखिन्छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पूँजि बजार फोरमका अध्यक्ष अम्बिका पौडेलले यसपटकको मौद्रिक नीति लचिलोसँगै व्यवसायी जगतमा कायम निराशालाई सम्बोधन गर्ने र देशको अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको बताउनुहुन्छ।
     
    यसपटकको मौद्रिक नीतिले व्यवसायीको मनोबल बृद्धि गर्ने र बैङ्क तथा वित्तिय सस्थामा लगानीयोग्य पूँजी थुप्रिएर बसेको अवस्थामा त्यसलाई लगानीमा प्रोत्साहन गर्ने आशा जगाएको पौडेलको बुझाई छ। 
     
    यता विज्ञहरुले पनि यसपटकको मौद्रिक नीति स्वागतयोग्य रहेको भन्दै प्रशंसा गरेका छन्। पूर्व गभर्नर तथा अर्थविद् डा. चिरञ्जीवि नेपालले यसपटक मौद्रिक नीति लचिलो रहेकोले यसले व्याजदर अझै घटाउने भएकोले देशको अर्थतन्त्र थप चलायमान बनाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुहुन्छ। यसपटकको मौद्रिक नीति हेर्दा व्यवसायीहरुले बैङ्कबाट फेरी पैसा निकालेर नयाँ लगानी सुरु गर्ने आशा जगाएको उहाँको भनाई छ। 
     
    मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बढ्दो खराब कर्जा मध्यनजर गर्दै कर्जा वर्गीकरण र कर्जा नोक्सानी पुनरावलोकन गर्ने बताएको छ।समग्रमा राष्ट्र बैंकले यसपटक लचिलो कार्यदिशा सहित मौद्रिक नीति सार्वजनिक गरेको देखिन्छ। 
     
    यसले निजि क्षेत्र, व्यवसायी, लगानीकर्ता, बैंकिङ क्षेत्रसँगै शेयरबजारका लगानीकर्तालाई पनि उत्साह दिने देखिएको छ। भने बाह्य लगानी पनि भित्रिने अपेक्षा गर्न सकिन्छ। 
     
    यसले गर्दा देशको सुस्त अर्थतन्त्र चलायमान बनाउने, लगानीको वातावरण सृजना हुने, बाह्य लगानी भित्रिने, विदेशी विनियम व्यवस्थापन वित्तीय क्षेत्र सुधार एवं नियमन, भुक्तानी प्रणाली, लघुवित्त वित्तीय पहुँच एवं ग्राहक संरक्षण र सम्पत्ति शुद्धीकरण निवारणलगायतका क्षेत्र सम्बोधन गर्ने अपेक्षा लिन सकिन्छ। 

     


    शुक्रवार, आषाढ २७ २०८२०८:१७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij