Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त

त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त

  • बुधवार, आषाढ २५ २०८२

  • 550
    SHARES

  • त्रिविको उपकुलपतिमा दिपक अर्याल नियुक्त

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त हुनुभएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो ।

    शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्रा.डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो ।

    तीन जनामध्येबाट कुलपति ओलीले अर्याललाई नियुक्त गर्नुभएको हो । अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख समेत हुनुहुन्थ्यो । १५ चैतमा प्रा.डा. केसरजंग बरालले राजीनामा दिएपछि त्रिविमा उपकुलपति पद रिक्त भएको थियो ।

     


    बुधवार, आषाढ २५ २०८२०१:५०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij