Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रासायनिक मलको अभाव नहुने कृषिमन्त्री अधिकारीको भनाई

रासायनिक मलको अभाव नहुने कृषिमन्त्री अधिकारीको भनाई

  • शुक्रवार, आषाढ २० २०८२

  • 631
    SHARES

  • रासायनिक मलको अभाव नहुने कृषिमन्त्री अधिकारीको भनाई

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले शनिबारदेखि बजारमा रासायनिक मलको अभाव नहुने बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठकमा बिहीबार मन्त्रालयबारे ‘ब्रिफिङ’ गर्दै उनले यस्तो बताएका हुन् ।

    कृषिमन्त्री अधिकारीले एक लाख १० हजार मल आइपुगेको पार्टीलाई जानकारी गराए । उनले शनिबारसम्ममा देशका विभिन्न स्थानमा रहेका गोदामहरूमा मल पुग्ने पनि बताए ।

    ‘एक लाख १० हजार टन मल आइपुगेको छ । हाम्रो ३७ स्थानमा गोदाम छ । आज धेरै ठाउँमा लोड भएर भोलिसम्ममा ती गोदामहरूमा मल पुग्दै छ,’ मन्त्री अधिकारीले भने, ‘सम्पूर्ण नेताजीहरूलाई अनुरोध गर्न चाहन्छु– मलाई लाग्छ भोलिबाट मलको समस्या बजारमा नआउला ।’


    शुक्रवार, आषाढ २० २०८२०५:१६:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij