Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

  • मंगलवार, आषाढ १७ २०८२

  • 384
    SHARES

  • काठमाडौं। विश्वभर चर्चित प्रविधि ब्रान्ड शाओमीले आफ्नो प्रिमियम स्मार्टफोन शाओमी १४टी को मूल्य उल्लेख्य रुपमा घटाएको घोषणा गरेको छ । लाइकासँगको सहकार्यमा बनेको यो फोनमा अत्याधुनिक क्यामेरा र उच्चस्तरीय फ्ल्यागशिप प्रदर्शन रहेको छ । घटाइएको नयाँ मूल्यले नेपाली प्रविधि प्रेमीहरूलाई अझ सजिलो हुने भएको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मानस्वीले भने, “शाओमी १४टी नवीनता र उत्कृष्ट प्रविधिको प्रतीक हो । लाइका क्यामेरा र आधुनिक एआई सुविधाले यो फोनलाई नेपाली बजारमा लोकप्रिय बनाइसकेको छ । अहिलेको मूल्य कटौतीले उत्कृष्ट प्रविधिलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धता रहेको छ ।”

    मुख्य विशेषताहरूः

    लाइका ट्रिपल क्यामेरा – ५०ःएमपी मुख्य, १२ःएमपी अल्ट्रा–वाइड र ५०ःएमपी टेलिफोटो लेन्सबाट प्रोफेशनल फोटो र ४के भिडियो खिच्न सकिने क्षमता । मिडियाटेक डाइमेन्सिटी ८३०० अल्ट्रा प्रोसेसर – शक्तिशाली ४ नानोमिटर चिप र एलपीडीडीआर ५एक्स र्‍यामले छिटो र सहज प्रयोग अनुभव दिलाउनेछ ।

    १४४ हर्ज एमोलेड डिस्प्ले: ६.६७ इन्चको स्क्रिन, १.५के रिजोल्युसन र एचडिआर१०+ सपोर्ट । स्मार्ट फोटो मोड, दृश्य पहिचान र ब्याट्री बचतका लागि आधुनिक एआई उपकरणसमेत भएको । छोटो समयमा चार्ज र लामो ब्याकअपसहित ६७ वाट हाइपरचार्ज र ५००० मेघाहर्जको ब्याट्री, पानी र धूलो प्रतिरोधी तथा आईपी ६८ प्रमाणित सुरक्षा भएको ।

    नयाँ मूल्य (१२ जिबी + ५१२ जिबी) :
    अघिल्लो मूल्य  रु ६४,९९९/- घटाएपछिको नयाँ मूल्यरु ५९,९९९/-

    शाओमी १४टी स्मार्टफोन नेपालभरका शाओमी स्टोर र आधिकारिक खुद्रा पसलहरूबाट खरिद गर्न सकिन्छ । उच्चस्तरीय क्यामेरा, शक्तिशाली प्रदर्शन र किफायती मूल्यका कारण शाओमी १४टी स्मार्टफोन उत्कृष्ट बन्न पुगेको छ ।
    यो टाइटन ब्ल्याक, ग्रे र ब्लू तीन आकर्षक रङमा उपलब्ध छ ।

    विस्तृत जानकारीका लागि नजिकका शाओमी स्टोरहरुमा सम्पर्क गर्नु सक्नेछ ।


    मंगलवार, आषाढ १७ २०८२०८:३३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij