Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघमा नयाँ नेतृत्व

डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघमा नयाँ नेतृत्व

  • सोमवार, आषाढ १६ २०८२

  • 401
    SHARES

  • डिल्लीबजार कन्या बहुमुखी क्याम्पस प्राध्यापक संघमा नयाँ नेतृत्व

    काठमाडौं नेपाल पब्लिक क्याम्पस प्राध्यापक संघ, डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको इकाई समितिको आठौं अधिवेशनले उपप्राध्यापक निलकण्ठ भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

    क्याम्पसमा सम्पन्न अधिवेशनले भुसालको अध्यक्षतामा ११ सदस्यीय इकाई समिति चयन गरेको हो । इकाई समितिको उपाध्यक्षमा उपप्राध्यापक लिलाराज खनाल, सचिवमा उपप्राध्यापक जनकसिंह साउद, सहसचिवमा उपप्राध्यापक टी.पी. भुसाल र कोषाध्यक्षमा उपप्राध्यापक शारदा शर्मा सर्वसम्मतले निर्वाचित भएका छन् ।

    आगामी तीन वर्ष कार्यकाल भएको क्याम्पसको ईकास समितिका सदस्यहरुमा उपप्राध्यापकहरु अम्विका त्रिपाठी, जया घिमिरे, नरकुमार चौहान, रामप्रसाद अधिकारी, रुका पाण्डे र सरिता विडारी निर्वाचित भएका छन् । उपप्राध्याक नविनप्रकाश पौडेल संयोजक र उपप्राध्यापकहरु डा.आनन्द पन्त र मुनु वुढाथोकी सदस्य रहेको निर्वाचन समितिले इकाई समितिको पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।

    अधिवेशनमा शुभकामना मन्तव्य दिँदै क्याम्पस प्रमुख अपराजिता अर्यालले क्याम्पस संचालक समिति, क्याम्पस प्रशासन र प्राध्यापक संघ एक अर्काका प्रतिष्पर्धी नभई एउटै परिवारको रुपमा क्याम्पसमा आई पर्ने समस्याहरु समाधान गर्न सँगसँगै हिँड्ने गरेको बताईन ।

    क्यापसको प्राज्ञिक संयोजक प्रा.डा जयन्तनाथ खनाल, लेखा निर्देशक बाबुराम पौडेल, पूर्वक्याम्पस प्रमुख तथा ईकाईका पूर्वअध्यक्ष भोलानाथ रेग्मी, पूर्वइकाई अध्यक्ष तथा निर्वाचन संयोजक नविनप्रकाश पौडेल, इकाईका पूर्वअध्यक्ष डा.हरिहर घिमिरेले नारी शिक्षामा योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसले सीमित स्रोत साधनबाट पनि गुणस्तरिय शिक्षा प्रदान गर्दै अतुलनिय परिणाम प्राप्त गर्दै आएको बताए ।

    यस्तै नवनिर्वाचित अध्यक्ष भुसालले क्याम्पसलाई गुणस्तरिय शैक्षिक केन्द्र बनाउन क्याम्पस प्रशासनसंग हातेमालो गर्दै प्राध्यापक संघले कम गर्ने प्रतिवद्धता जनाए ।


    सोमवार, आषाढ १६ २०८२०६:३५:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij