Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

धनगढीमा अत्यधिक वर्षा, एक हजार बढी घर डुवान - आठ जनाको उद्धार

धनगढीमा अत्यधिक वर्षा, एक हजार बढी घर डुवान - आठ जनाको उद्धार

  • सोमवार, आषाढ १६ २०८२

  • 750
    SHARES

  • धनगढीमा अत्यधिक वर्षा, एक हजार बढी घर डुवान - आठ जनाको उद्धार

    काठमाडौं । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ । धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको छ ।

    उहाँका अनुसार धनगढी–१३ श्रीलंकाका भागीराम चौधरीका परिवारका चार जनाको उद्धार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको छ ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशीले धनगढी उपमहानगरपालिका– १, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताउनुभयो । करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको जोशीले बताउनुभयो । आइतबार साँझदेखि निरन्तर वर्षा भइरहेको छ । अहिले जस्तै वर्षा साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने बताउँदै सोही अनुसार तयारी भइरहेको जोशीले बताउनुभयो ।


    सोमवार, आषाढ १६ २०८२०२:३७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij