Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लाओसविरुद्धको खेलमा नेपाल ५-० ले अगाडी

लाओसविरुद्धको खेलमा नेपाल ५-० ले अगाडी

  • आइतवार, आषाढ १५ २०८२

  • 606
    SHARES

  • लाओसविरुद्धको खेलमा नेपाल ५-० ले अगाडी

    काठमाडौं । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–० को अग्रता लिएको छ । नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गर्दै ५–० को अग्रता दिलाएकी हुन् ।

    यसअघि नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले दुई तथा अनिता बस्नेत र सरु लिम्बूले एक एक गोल गरेका थिए । पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा लगातार तीन गोल गरेको हो ।

    खेलको ११ औँ मिनेटमा अनिताको गोलमार्फत नेपालले सुरुवाती अग्रता लिएको थियो । आजको खेलमार्फत नेपाली महिला टोलीले १०० औं अन्तराष्ट्रिय खेल पूरा गरेको छ । साथै आजको खेलमा नै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् । उनी नेपालको फुटबल इतिहासकी ११ औँ कप्तान बनिन् ।

     


    आइतवार, आषाढ १५ २०८२०७:४२:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij