Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

गुल्मी दुर्घटना अपडेट: मृतक ५ जनाको सनाखत, ३ जना घाइते (नामावलीसहित)

गुल्मी दुर्घटना अपडेट: मृतक ५ जनाको सनाखत, ३ जना घाइते (नामावलीसहित)

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.0K
    SHARES

  • गुल्मी दुर्घटना अपडेट:  मृतक ५ जनाको सनाखत, ३ जना घाइते (नामावलीसहित)

    गुल्मी । गुल्मीको इस्मा गाँउपालिकामा  सवारी जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै आज बिहान ७ बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेहरुमा इस्मा गाँउपालिका ४ हुल बस्ने अन्दाजी ६५ बर्षीय डम्बर बहादुर धिताल, सोही ठाँउबस्ने ३३ बर्षी चिब बहादुर दर्लामी, ३० बर्षीय बसन्त दर्लामी, ३३ बर्षीय धन बहादुर अछामी र मालिका गाँउपालिका ५ का ८० बर्षीय सुन्दरी थापाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेहरुमा इम्मा ४ बस्ने १९ बर्षीय फर्सुराम थापा गम्भीर घाइते हुनुहुन्छ । त्यसैगरी २८ बर्षीय सरस्वती दर्लामीको हात भाचिएको तथा २६ बर्षीय कमल धिताङको हातमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको खोजी भइरहेको छ ।
    २ जना घाइतेको उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

    १० जना सवार रहेको जीप अनियन्त्रित भइ सडकबाट ४ सय मिटर तल खसेको प्रहरीको भनाई छ । घट्ना स्थलमा प्रनानि मोहनलाल अधिकारीको कमान्डमा ५ जनाको प्रहरी टोलि खटिएको छ ।

    त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सन्तोष चन्दको नेतृत्वको समुह पनि घट्नास्थल पुगेको छ । सवारी चालक इस्मा ७ बस्ने २४ बर्षीय बुद्ध बस्नेतलाई नियन्त्रणमा लिइएको छ ।


    शुक्रवार, मंसिर १२ २०७७०९:४१:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij