Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

बसको ठक्करबाट दुई युवाको मृत्यु

बसको ठक्करबाट दुई युवाको मृत्यु

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.4K
    SHARES

  • बसको ठक्करबाट दुई युवाको मृत्यु

    लहान । सिरहा-चोहर्वा सडकखण्डमा पर्ने सिरहा नगरपालिका– १० पदमपुरमा बिहीबार साँझ बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

    सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नम्बरको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका- ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनापछि दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


    शुक्रवार, मंसिर १२ २०७७०७:४३:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij