Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

वर्ल्ड रेकर्ड्स राख्न नाचघरमा गुञ्जीए गायक रायमाझी

वर्ल्ड रेकर्ड्स राख्न नाचघरमा गुञ्जीए गायक रायमाझी

“राजकुमार रायमाझी सांगीतिक साँझ तथा अग्रज श्रस्टा सम्मान कार्यक्रम–२०८२ ”
  • आइतवार, आषाढ ८ २०८२

  • 1.3K
    SHARES

  • वर्ल्ड रेकर्ड्स राख्न नाचघरमा गुञ्जीए गायक रायमाझी

    काठमाडौं। चर्चीत लोक तथा दोहोरी गायक राजकुमार रायमाझी साँगीतिक साँझमार्फत शुक्रबार राष्ट्रिय नाचघरमा गुञ्जिएका छन् । काठमाडौंको जमलस्थीत राष्ट्रिय नाचघरमा एनआरएन मीडियाको आायोजनामा गत शुक्रबार आयोजीत“राजकुमार रायमाझी सांगीतिक साँझ –२०८२” तथा बृहत अग्रज श्रष्टासम्मान कार्यक्रममार्फत रायमाझीले आफ्नो प्रस्तुति दिएका हुन् ।

    तीन दर्जन बढी लोक तथा दोहोरी गीतमार्फत आफ्नो परिचय स्थापीत गरेका रायमाझीले एउटै सँस्था ललितपुर दोहोरी क्लवमा निरन्तर दुई दशक (२०६२ साउन १५ देखी हालसम्म) २०वर्षसम्म निरन्तर गायन तथा उद्योषण कलामार्फत लोकगीत संगितको जगेर्नामा समय व्यतित गरेका छन् ।

    लोक गीत संगितको संरक्षण र जगेर्नामा रायमाझीले पुराएको उक्त योगदानलाई विश्व रेकर्ड नै कायम गर्ने उद्देश्यले मन्त्रीपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त अग्रज श्रस्टा सम्मान तथा एकल साँगीतिक साँझ तथा विधागत सम्मान कार्यक्रममा रायमाझीले विभिन्न ७ वटा सँगीतिक प्रस्तुति दिएका थिए ।

    रायमाझीको सांगीतिक प्रस्तुतिसँगै गरिएको विधागत सम्मान कार्यक्रममा अग्रज श्रस्टा सम्मानतर्फ बरिष्ठ हास्य कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठ, बरिष्ठ लोक तथा दोहोरी गायक, संगीतकार एवं चलचित्र निर्देशक नारायण रायमाझी, वरिष्ठ गायक तथा सर्जक बमबहादुर कार्की, वरिष्ठ गायक तथा सर्जक खड्ग गर्वुजा, वरिष्ठ संगीतकार सुरेश अधीकारीलाई सम्मान गरिएको छ ।

    त्यस्तै गायीका तथा पहिलो दोहोरी साँझ सञ्चालीका देवी हमाल तथा सञ्चालक युक्त गुरुङ्ग, पहिलो दोहोरी साँझ गायक बद्री पराजुली र चर्चीत कार्यक्रम इन्द्रेणी साँस्कृतीक विकास केन्द्रका अध्यक्ष, चर्चीत गायक, तथा समाजसेवी कृष्ण कँडेललाई विषेश सम्मान गरिएको छ ।

    त्यसै अवसरमा समाजमा विभिन्न क्षेत्र र विधामार्फत अतुलनीय योगदान पुराएका चार दर्जन बढी व्यक्ति तथा विभिन्न संघ सस्थाका प्रतिनीधिहरु र पत्रकारितामार्फत समाजमा पुराएको योगदानको मुल्याङ्कन गरी विभिन्न सञ्चार गृहमा कार्यरत तीन दर्जन बढी पत्रकार तथा सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको छ ।

    पाल्पाको तेल्घामा बुवा यामबहादुर रायमाझी र तुलसादेवी रायमााझीको कोखबाट जन्मिएका रायमाझीको बाल्यकाल रुपन्देहीको मुर्गियामा बितेको थियो ।

    सोह्र वर्षको उमेरदेखी नै लोकगीत संगितमा प्रवेश गरेका रायमाझीले २०६५ सालमा रेडियो नेपालबाट आवाज परिक्षा उत्तिर्ण गरेका थिए भने २०६९ सालमा हाईलाइट्स् लोक दोहारी अवार्डबाट सर्वोत्कृष्ठ दोहोरी साँझ गायकको अवार्ड जितेका थिए । रायमाझीले अहिलेसम्म तीन दर्जन बढी गीतहरु बजारमा ल्याएका छन् ।

    उनका ‘जाली माया, घाम लागे घमाइलो, औंठा छाप, तिनाउँ खोला बग्दै छ सलल, बालौं आरती, नाचेरै भाइरतल हुने हो, क्याम्पस धाउनेले‘ लगायतका चर्चीत गीतहरु आम श्रोता दर्शकहरुको मन मुटुमा बस्न सफल छन् ।

    नेपाली मौलिक गीत संगीतको संरक्षण र जगेर्नामा आफ्नो जिबनको महत्वपूर्ण समय व्यतित गरेका रायमाझीले सुरुवातदेखी नै रेडियो तथा टेलिभिजनमा विभिन्न कार्यक्रम मार्फत पनि निरन्तर लोक गीत संगीतकै संरक्षणकै लागी योगदान दिँदै आएका छन् भने आगामी दिनमा पनि निरन्तर लागिरहने बताउछन् ।

    राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका केन्द्रिय सहसचिव तथा सञ्चार संयोजकसमेत रहेका रायमाझी नेपालकै सबैभन्दा ठुलो रेडियो नेटवर्क नेपाली रेडियो नेटवर्क तथा रेडियो एनआरएनको चर्चीत कार्यक्रम लोक सृजनाका उत्पादक तथा प्रस्तोता समेत रहेका छन् ।

    उनले अहिलेसम्म नेपाल टेलिभिजन, एनटिभि प्लस, टिभि टुडे, अभियान टेलिभिजन, मनास्लु टेलिभिजनसँगै एचबिसि एफएम, रेडियो उपत्यका, रेडियो राजधानी, हुँदै हाल नेपाली रेडियो नेटवर्क तथा रेडियो एनआरएन र रेडियो मलमलामा कार्यक्रम सञ्चालन गर्दै आएका छन् । साथै उनि मनास्लु टेलिभिजन तथा अन्य विभिन्न अनलाईन टेलिभिजन र पत्रीकाहरुमा सम्पादन तथा व्यवस्थापनको जिम्मेवारी पनि बहन गर्दै आएका छन् ।

    लोकगीत संगीत र सञ्चारकर्मसँगै सामाजीक क्षेत्रमासमेत सक्रिय रायमाझी श्री मृगौला पीडित सरोकार समाज नेपालका केन्द्रीय महासचिव हुन् भने अन्य दर्जनौं सामाजीक संघ सस्थामा पनि आवद्ध छन् । सानैदेखी मिलनसार एवं सामाजिक र सहयोगी स्वभावका रायमाझीले लोकगीत संगीतसँगै सामाजिक क्षेत्र र सञ्चारकर्ममा दिएको योगदान अतुलनीय छ ।

    कार्यक्रमका प्रमुख अतिथी रेग्मीले पनि रायमाझीको योगदान वल्र्ड रेकर्डमा मात्रै नभएर त्यसभन्दा माथील्लो तहबाटै प्रशंसा गर्न योग्य रहेको बताएका थिए । साथै रेग्मीले राज्यले पनि रायमाझीजस्ता सर्जक तथा श्रष्टाहरुको योदानलाई मनन गर्दै थप प्रोत्साहन गरी आफ्नो मौलीकता संरक्षण र संवद्र्धन गर्न सक्नुपर्नेमा जोड दिए ।

    कार्यक्रमका सभापति तथा एनआरएन मिडियाका अध्यक्ष अमृत अधिकारीले उक्त कार्यक्रम र रायमाझीको योगदानलाई छिट्टै गिनिज बुक अफ वल्र्ड रेकर्डमा रेकर्ड दर्ता गर्न प्रक्रिया थालनी गरिने बताएका छन् ।

    राष्ट्रिय नाचघरमा सम्पन्न उक्त कार्यक्रमको मनास्लु पोस्टका अध्यक्ष मनबहादुर पुनको संयोजकत्व रहेको थियो भने पत्रकार तथा प्रस्तोता तिलक पौडेलको संयोजन एवं सहजीकरणमा चर्चित हास्य कलाकार दिनेश काफ्लेले सञ्चालन गरेका थिए ।

    21ae107f-7ef7-4663-b66b-daee5b53143d.jpg

    c98f0e69-5e69-46f0-b88f-5d31b24c7f9b.jpg

     


    आइतवार, आषाढ ८ २०८२०८:५८:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij