Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

मौसम: देशमा पश्चिमी वायुको प्रभाव, यस्तो छ तीन दिनको पूर्वानुमान

मौसम: देशमा पश्चिमी वायुको प्रभाव, यस्तो छ तीन दिनको पूर्वानुमान

  • शुक्रवार, मंसिर १२ २०७७

  • 1.1K
    SHARES

  • मौसम: देशमा पश्चिमी वायुको प्रभाव, यस्तो छ तीन दिनको पूर्वानुमान

    काठमाडौं । अहिले देशको गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । जल तथा मौसम विभान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव छ ।

    यस्तो छ तीन दिनको पूर्वानुमान

    मंसिर १२ गते (शुक्रबार)
    दिउँसो : प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदलि रही पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ र बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    राती : प्रदेश नं १ मा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    मंसिर १३ गते (शनिबार)
    दिउँसो : देशका पहाडी भु-भागमा आंशिक बदलि रही बाँकि भु-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    मंसिर ११ गते (बिहिबार)
    दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    राती : देशभर मौसम सामान्यतया सफा रहनेछ ।

    आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):
    गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने तथा देशका धेरै स्थानहरुको वायुको तापक्रममा गिरावट आउनुको साथै तराई भु-भागमा बिहानीपख वायुको पारदर्शितामा कमी भई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

     

     

     

     
     


    शुक्रवार, मंसिर १२ २०७७०६:४३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij