Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निजी सवारीलाई भाडाका यात्रु बोक्न नदिन सरकारको ध्यानार्षण

निजी सवारीलाई भाडाका यात्रु बोक्न नदिन सरकारको ध्यानार्षण

  • बुधवार, आषाढ २४ २०७७

  • 846
    SHARES

  • निजी सवारीलाई भाडाका यात्रु बोक्न नदिन सरकारको ध्यानार्षण

    काठमाडौं । यातायात व्यवसायीहरुले निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सार्वजनिक सवारी साधन बन्द गराएर रातो नम्बर प्लेटका निजी सवारीसाधानले भाडाका यात्रु बोक्ने गरेको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको हो ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको बताएको छ ।

    गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ ।

    महासचिव सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपरित भाडा उठाएर रातो प्लेटका सवारीले यात्रु बोकिरहेको भन्दै यसलाई नियन्त्रण गर्न माग गरिएको बताउनुभयो ।


    बुधवार, आषाढ २४ २०७७११:३२:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij