Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रात्रीकालिन दोहारी कलाकारलाई दिइयो स्वास्थ्य सचेतना

रात्रीकालिन दोहारी कलाकारलाई दिइयो स्वास्थ्य सचेतना

  • आइतवार, जेठ ११ २०८२

  • 810
    SHARES

  • रात्रीकालिन दोहारी कलाकारलाई दिइयो स्वास्थ्य सचेतना

    काठमाडौं। राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानले स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न गरेको छ। शनिबार काठमाडौंमा राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठान जापान शाखाको सहकार्यमा उपत्यका समन्वय समितिले रात्रीकालीन दोहोरी कलाकारको स्वास्थ्लाई मध्यनजर गर्दै सचेतना कार्यक्रम आयोजना गरेको हो।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा स्काई पार्टी प्यालेस सामाखुसी परिसरमा सँस्थागत सचेतना कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका केन्द्रिय सहसचिव तथा सञ्चार संयोजक राजकुमार रायमाझीले जानकारी दिनुभयो ।

    कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पौडेलले कलाकार तथा प्रतिष्ठानसँगको आवश्यक सहकार्यमा स्वास्थ्य बिमा गर्नबाट बञ्चीत कलाकारहरुलाई आवद्ध गराउन पहलकदमी लिने र सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो ।

    कार्यक्रमको अवसरमा लोक तथा दोहारी गायक एवं योग प्रशिक्षक ऋषी न्यौपानेले कलाकारहरुलाई योग प्रशिक्षणसमेत दिनुभएको रायमाझीले बताउनुभयो ।

    कार्यक्रमको उपत्यका समन्वय समितिका अध्यक्ष अजुन थापाको अध्यक्षता रहेकोथियो भने बरिष्ठ कलाकार दुर्गा रायमाझी, पशुपति शर्मा, चन्द्र शर्मा, लगायतको सहभागीता रहेको थियो।


    आइतवार, जेठ ११ २०८२०५:२०:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij