Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न सरकारको स्वीकृति

सगरमाथाको नयाँ उचाइ घोषणा गर्न सरकारको स्वीकृति

  • बिहिवार, मंसिर ११ २०७७

  • 841
    SHARES

  • सगरमाथाको नयाँ उचाइ घोषणा गर्न सरकारको स्वीकृति

    काठमाडौं । सगरमाथाको नयाँ उचाइ घोषणा गर्न मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको छ । हालै बसेको मन्त्रिपरिषद बैठकले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति दिएको हो ।

    भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले सगरमाथाको नयाँ उचाइ घोषणा गर्न स्वीकृति प्रदान गर्न मन्त्रीपरिषदमा प्रस्ताव पेश गर्नुभएको थियो ।

    आर्थिक वर्ष ०७५–७६ बाट सुरू भएको सगरमाथाको उचाइ मापन कार्य अहिले सकिएर घोषणा गर्ने चरणमा आएपछि सरकारले औपचारिक रूपमा घोषणा तयारी गरेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।

    ०७२ को भूकम्पका कारण मुलुकको उत्तरी भूभागमा रहेका स्थानको उचाइमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोही सन्दर्भमा सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने भन्ने चर्चा चलेपछि नेपालले पहिलोपटक आफ्नै स्रोतसाधनमा सगरमाथाको उचाइ मापन गरेको हो ।

     


    बिहिवार, मंसिर ११ २०७७०२:४४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij