Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

  • सोमवार, जेठ ५ २०८२

  • 511
    SHARES

  • महासंघद्वारा नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण

    जेठ ५ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आज नेपाल हज समितिलाई औषधीजन्य सामग्री हस्तान्तरण गरेको छ । हज यात्रामा जाने नेपाली तीर्थयात्रीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी महासंघले सो सहयोग सामग्री हस्तान्तरण गरेको हो ।

    महासंघका कोषाध्यक्ष भरतराज आचार्य तथा महासंघ कार्यकारिणी सदस्य सदस्य जमशेर मियाँले हज समितिका कार्यवाहक अध्यक्ष जबुल मियाँ तथा हज समितिका सदस्य सचिव झंकनाथ ढकाललाई महासंघ सचिवालय टेकु काठमाडौंमा औषधीजन्य सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    हस्तान्तरण गरिएका सामग्रीमा आधारभूत औषधि, प्राथमिक उपचारका सामग्री र अन्य स्वास्थ्य सम्बन्धी आवश्यक वस्तुहरू समावेश छन् ।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै कोषाध्यक्ष आचार्यले हज यात्रा एक पवित्र धार्मिक कार्य भएको र तीर्थयात्रीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै महासंघले औषधीजन्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो । यस्ता सहयोगले उनीहरूको यात्रालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कोषाध्यक्ष आचार्यले बताउनु भयो ।

    हज समितिका कार्यवाहक अध्यक्ष जबल मियाँले महासंघको यो सहयोगप्रति आभार व्यक्त गर्दै यसले तीर्थयात्रीहरूको स्वास्थ्य सेवामा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले महासंघको सहयोगले तीर्थयात्रीहरूलाई हज यात्रामा थप आत्मविश्वास प्रदान गर्ने धारणा राख्नु भयो ।

    यसैबीच हज यात्रामा सहभागी हुन जान लाग्नु भएका नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य जमशेर मियाँलाई महासंघमा विदाई गरिएको थियो ।

    नेपालबाट प्रत्येक वर्ष सयौं मुस्लिम तीर्थयात्रीहरू हजका लागि साउदी अरब जाने गर्छन् । यो वर्ष नेपालबाट १ हजार एक सय ७१ जना हजयात्रीहरु सहभागी हुने सदस्य सचिव ढकालले जानकारी दिनुभयो ।


    सोमवार, जेठ ५ २०८२०७:०९:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij