Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेप्सेमा ७.३७ अङ्कको गिरावट

नेप्सेमा ७.३७ अङ्कको गिरावट

  • बिहिवार, जेठ १ २०८२

  • 443
    SHARES

  • नेप्सेमा ७.३७ अङ्कको गिरावट

    काठमाडौं । सेयर बजार बिहीबार पनि घटेको छ । साताको अन्तिम दिन आज बजार बजार परिसूचक ७.३७ अङ्क घटेको हो । योसँगै २६१२.८९ अङ्कमा कायम भएको छ । आज बजारमा ७ अर्ब ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

    बजारमा पछिल्लो साता बजारसँगै कारोबार समेत निरन्तर घट्दै गएको छ । गत बिहीबार ११ अर्ब माथि कारोबार भएको बजार आइतबार १० अर्ब १ करोड, सोमबार ९ अर्ब ४४ करोड, बुधबार ८ अर्ब ६१ करोडमा सीमित हुँदा आज ६ अर्ब ७७ करोड कायम भएको हो ।

    बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ, एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कर्पोरेट डेभलपमेन्ट बैङ्कको सेयर मूल्य आज सबैभन्दा धेरैले घटेको छ ।

    क्षेत्रगत रूपमा आज होटल तथा टुरिजम क्षेत्र सर्वाधिक ४.९१ प्रतिशत बढेको छ । म्युचुअल फण्ड र ट्रेडिङ परिसूचक बढ्दा अन्य परिसूचक घटेको छ । आज बजारमा सोल्टी होटल कम्पनीको सबैभन्दा धेरै कारोबार भएका छन् । कारोबार सङ्ख्यामा भने क्रेष्ट माइक्रो इन्स्योरेन्स अगाडि रहेको रहेको छ ।


    बिहिवार, जेठ १ २०८२०३:५३:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij