Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटियो

त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटियो

  • बिहिवार, मंसिर ११ २०७७

  • 1.5K
    SHARES

  • त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव भेटियो

    चितवन । चितवनको इच्छाकामना गाउँपालिका ४ मा रहेको नाग्दी खोला नजिक त्रिशुली नदीमा जीप खस्दा बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ ।

    चालक सूर्य केसी र जमुना रोकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । जमुना रोकाकी १५ वर्षकी छोरी जेनिशा रोकाको भने खोजी भैरहेको चितवन प्रहरीका प्रवक्ता एवं डीएसपी सूर्य थापाले जानकारी दिनुभयो ।

    जीपमा रहेका जमुनाका श्रीमान् मुकुन्द बहादुर रोका भने पौडी खेलेर बाँच्न सफल हुनुभएको छ । मुकुन्दको अहिले पुरानो मेडिकल कलेजमा उपचार भैरहेको छ ।

    प्युठानबाट बिरामी जेनिशालाई लिएर काठमाण्डौका लागि छुटेको लु १ च ९७३१ नम्बरको पिकअप भ्यान त्रिशुली नदीमा खसेको हो । प्रहरीका अनुसार पिकअप भ्यान सडकबाट झण्डै ६० मिटर तल त्रिशूली नदीमा खसेको छ ।


    बिहिवार, मंसिर ११ २०७७११:५१:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij