Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजार दोहोरो अंकको वृद्धि

शेयर बजार दोहोरो अंकको वृद्धि

  • बुधवार, बैशाख २४ २०८२

  • 596
    SHARES

  • शेयर बजार दोहोरो अंकको वृद्धि

    काठमाडौं । सेयर बजारमा बुधबार दोहोरो अंकको वृद्धि भएको छ । ६२.२५ अंक बढेर बजार २६७३.६९ बिन्दु पुगेको छ । बुधबार बजार २.३८ प्रतिशतले उकालो लागेको हो । आज ३ सय ८ धितोपत्रको ९९ हजार ३ सय ५ कारोबारबाट २ करोड ७२ लाख ४५ हजार ४ सय ५९ कित्ता सेयर किनबेच भएको छ ।

    कारोबार रकम १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३ सय ५२ रुपैयाँ पुगेको छ । आज सबै उपसमूहको मूल्य बढेको छ । वित्त र जलविद्युत् लगानीकर्ताले आज बढी कमाएका छन् ।

    बुधबार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रोलाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढेको छ । यसबाहेक बुटवल पावर कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रो सहित धितोपत्रका लगानीकर्ताले समेत आज धेरै कमाएका छन् ।

    बढ्दो बजारमा पनि बुधबार न्यादी हाइड्रो, लक्ष्मी भ्यालु फन्ड, मुक्तिनाथ डिबेन्चर जस्ता धितोपत्रको मूल्य सबैभन्दा धेरै घटेको छ । आज सानिमा माई हाइड्रोको सबैभन्दा धेरै कारोबार भएको छ ।


    बुधवार, बैशाख २४ २०८२०७:०८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij