Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आयाम र बासुकी सहकारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ८४ जनाले गरे रक्तदान

आयाम र बासुकी सहकारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ८४ जनाले गरे रक्तदान

  • शनिवार, बैशाख २० २०८२

  • 784
    SHARES

  • आयाम र बासुकी सहकारीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ८४ जनाले गरे रक्तदान

    काठमाडौं। आयाम बचत तथा ऋण सहकारी संस्था र बासुकी बचत समुहको संयुक्त आयोजनामा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ। संस्थाले शनिबार ललितपुर ताल्छिखेलमा बृहत खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।

    कार्यक्रममा बासुकी बचत समुहका सदस्यहरु ,आयाम बचत तथा ऋण सहकारी संस्थाका पूर्व कर्मचारी, हाल कार्यरत कर्मचारी तथा तिनका परिवार र संस्थासंग सम्बद्ध अन्य व्यक्तिहरू गरी महिला १५ जना र पुरुष ६९ जना गरेर ८४ जना रक्तदाताहरूले रक्तदान गरेको संस्थाले जानकारी दिएको छ।

    रक्तदान कार्यक्रमको उद्घाटन ताल्छिखेल वडा नम्बर १४ का वडा अध्यक्ष श्री अमृत जंङ्ग महतले गरेका थिए। संस्थाले विगत बाह्रौं वर्ष अगाडिदेखि नै प्रत्येक वर्ष वृहत खुला रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ।

    कार्यक्रममा संस्थाका प्रमुख श्री गणेश नेपालले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रोत्साहित गर्नुपर्ने बताएका छन् । उनले मानिसको जीवन बचाउने कार्यका लागि रगत अत्यावस्यक भएकोले संस्थाले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिएका छन ।


    शनिवार, बैशाख २० २०८२०७:४४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij