Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माइतीघरमा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

माइतीघरमा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

  • सोमवार, बैशाख १५ २०८२

  • 527
    SHARES

  • माइतीघरमा सहकारी पीडितहरूको अर्धनग्न प्रदर्शन

    काठमाडौं । काठमाडौंको माइतीघरमा सहकारी पीडितहरूले अर्धनग्न प्रदर्शन गरेका छन् । सोमबार माइतीघर मण्डलमा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन्।उनीहरूले कालो रङको कपडा लगाएर पीडितहरूको आवाज नसुन्ने सरकारको प्रवृत्तिप्रति विरोध जनाएको छन् । प्रदर्शनमा उपस्थित भएका अन्यहरूले विभिन्न मागहरू उल्लिखित प्लाकार्ड बोकेका थिए । पीडितहरूले आफूहरूको आन्दोलनलाई कमजोर नठान्न पनि चेतावनी दिएका छन् ।

    उनीहरूले आफूहरूको ‘आन्दोलन रहर नभई बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेका छन्। सहकारी संस्थाको रकम अपचलनबाट पीडित बचतकर्ता महिनौंदेखि सडक आन्दोलनमा छन् । उनीहरुले सहकारी संस्थाका सञ्चालकको सम्पत्ति जफत गरेर भए पनि आफ्नो बचत रकम फिर्ता लिन माग गर्दै आएका छन् ।


    सोमवार, बैशाख १५ २०८२०३:४७:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij