Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालसहित शीर्ष नेताहरू विरुद्ध शिक्षकहरुको नारावाजी

नेपालसहित शीर्ष नेताहरू विरुद्ध शिक्षकहरुको नारावाजी

  • सोमवार, बैशाख १५ २०८२

  • 656
    SHARES

  • नेपालसहित शीर्ष नेताहरू विरुद्ध शिक्षकहरुको नारावाजी

    काठमाडौं । शिक्षक आन्दोलनमा ऐक्यवद्धता जनाउन सोमबार बिजुली बजार पुगेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले उल्टै नाराबाजी खेप्नुपरेको छ। बिजुली बजारमा नेताहरूको लर्कोसहित पुगेका नेपालसहितले शिक्षकहरूको नाराबाजी खेप्नु परेको हो।

    अध्यक्ष नेपाल, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलगायतका नेताहरू बिजुली बजार पुग्नुभएको थियो । तर त्यसपछि करिब एक महिना लामो आन्दोलनका कारण तनावमा रहेका शिक्षकहरूले उनीहरूविरुद्ध खबरदारीसहित नाराबाजी गरेका थिए । शिक्षकहरूले नाराबाजी गर्न थालेपछि सबै नेताहरू केही मिनेटमै त्यहाँबाट बाहिरिएको जनाइएको छ ।

    शिक्षकहरूले नाराबाजीका क्रममा ‘कोही नेता आउनुपर्दैन’, शिक्षा ऐन जारी गर, सरकारको दमन बन्द गर जस्ता नारा लगाएका थिए । शिक्षकहरूले आन्दोलनमा आउनुभन्दा संसद्मा प्रभावकारी भूमिका खेलेर सरकारलाई दबाब बढाउन आग्रह गरेका छन् ।


    सोमवार, बैशाख १५ २०८२०३:३०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij