Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्दै

नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्दै

  • सोमवार, बैशाख १५ २०८२

  • 711
    SHARES

  • नेपाल विद्युत् प्राधिकरणले श्वेतपत्र सार्वजनिक गर्दै

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट बर्खास्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भए-गरेका काम र आर्थिक अवस्था देखाउन प्राधिकरणले आज श्वेतपत्र सार्वजनिक गर्ने भएको छ ।

    प्राधिकरण सञ्चालक समितिको बैठकपछि श्वेतपत्र सार्वजनिक गर्ने योजना रहेको प्राधिकरणले जनाएको छ । श्वेतपत्रका विषयमा अहिले प्राधिकरण सञ्चालक समितिको बैठक बस्न लागेको छ । बैठकको लागि सञ्चालक समिति अध्यक्ष, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री प्राधिकरण पुगेका छन् । बैठकले श्वेतपत्र पारित गरेसँगै आज नै सार्वजनिक गर्ने तयारी प्राधिकरणले गरेको छ ।

    प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका काम र प्राधिकरणको आर्थिक अवस्थाको विषयलाई समावेश गरी श्वेतपत्र प्राधिकरणले बनाएको छ । प्राधिकरणका प्रवक्ता राजाभाई शिल्पकारले बोर्ड बैठकमा श्वेतपत्रका विषयमा पहिलो चरणमा छलफल भइसहेको बताउनुभयो । उहाँले आजै अर्को बैठक बसेर सार्वजनिक गर्ने तयारी रहेको बताउनुभयो ।

    श्वेतपत्रमा प्राधिकरणले चालु आर्थिक वर्षको फागुनसम्म ठेक्कापट्टामा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको उल्लेख भएको स्रोतले जानकारी दिएको छ । उक्त रकमको भुक्तानी दिन नसकिएको उल्लेख गरिएको छ ।

    श्वेतपत्रमा प्राधिकरणको केन्द्रीय कोषमा करिब १० अर्ब १० करोड रकम मात्रै मौज्दात रहेको उल्लेख गरिएको जानकारी आएको छ । त्यस्तै मुद्दती खातामा ३ अर्ब ६८ करोड, धरौटी खातामा ३ अर्ब ९५ करोड र चालु खातामा २ अर्ब ४७ करोड रुपैयाँ रहेको देखाएको छ ।


    सोमवार, बैशाख १५ २०८२०१:३०:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij