काठमाडौं। पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–१ सिद्धेश्वरमा गएराति जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको र दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
सिद्धेश्वरको असारेबाट ठूलापोखरातर्फ जाने क्रममा लु१ज २३७७ नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिनुभयो।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएको र तीन जनालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा रैनादेवी छहरा–१ सिद्धेश्वका ३६ वर्षीय दीपेन्द्र बुढा, ३१ वर्षीय चेतनारायण विक र २३ वर्षीय जनक रेगामी छन्।
घाइते भएका जिप चालक २७ वर्षीय रञ्जन रेश्मी र २३ वर्षीय सरोज बुढाको अहिले अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जिप सडकबाट दुई सय मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।