Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिलो चरणको वार्ता सकारात्मक भयो - अध्यक्ष सुवेदी

पहिलो चरणको वार्ता सकारात्मक भयो - अध्यक्ष सुवेदी

  • शनिवार, बैशाख १३ २०८२

  • 569
    SHARES

  • पहिलो चरणको वार्ता सकारात्मक भयो - अध्यक्ष सुवेदी

    काठमाडौं । २५ दिनदेखि काठमाडौंमा प्रदर्शनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ। काठमाडौंमा आन्दोलित शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा आज बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो ।

    छलफल सकारात्मक भएके बताउँदै सुवेदीले अर्काे बैठक फेरी बस्ने बताउनुभएको छ । तर कहिले छलफल गर्ने भन्ने समय तोकिएको छैन । शिक्षा मन्त्रालयमा विभागीय मन्त्री पन्तको उपस्थितिमा शिक्षा सचिव दीपक काफ्ले, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए । शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

    यस्तै विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएका शिक्षकले आज बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोड्ने प्रयास गरेका छन् । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर क्षेत्र अघि बढेका शिक्षकले निषेधित क्षेत्र तोड्ने प्रयास गरेका हुन् ।

    निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो । शिक्षकहरू आन्दोलित भएको आज ८५ औं दिन भएको छ । शैक्षिक हड्ताल गरेर काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको २५ दिन पुगेको छ ।


    शनिवार, बैशाख १३ २०८२०५:३९:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij